भाखा सम्झी ….

भाखा सम्झी यो नयनको बोली देउन बिन्ती

बन्द तिम्रो दिलको ढोका खोली देउन बिन्ती

हाँस्दा दुनियाँ नाकै छोप्न हुन्छ मलाई गार्हो

जिउँदै मार्नु भन्दा विषयको गोली देऊन बिन्ती

बित्छन् रात अनायासै तड्पिएर कुन्नि किन ?

दिलको चोखो प्रीति राख्न झोली देउन बिन्ती

उच नीच भन्छौ अरे ! मान्छेको जात भइकन

आडम्बरी प्रथा सारा पोली देउन बिन्ती

मानवै हुँ जस्तो लाग्छ माया मेरो सङ्लो पानी

साँचो प्रीति छ कि छैन ? तोली देउन बिन्ती

रुढीवाद समाजका पर थाती राखी

दुई आत्माको माया सँगै घोली देउन बिन्ती

रमेश पन्त “मीतबन्धु” को झुल्के घाम गजल सङ्ग्रह बाट 

Total
12
Shares
Related Posts

प्रगतिशील जनवादी साहित्यकार साेराडी

” राहतकाे नाममा पनि लुट देखियाे सच्चाइकाे पर्दाभित्र झुट देखियाे। एकै थालमा भात खानेहरूमा पनि दुनियाँसामु छर्लङ्गै फुट…
पुरा पढ्नुहोस
Total
12
Share