सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

एमाले नेता वेदुराम भुसालले भने– म स्वतन्त्र हुन चाहन्छु

नेकपा एमालेको आन्तरिक विवाद चर्किरहेको बेला माधव नेपाल पक्षका एक नेता एवम् राष्ट्रियसभा सदस्य वेदुराम भुसालले आफू स्वतन्त्र हैसियतमा रहन चाहेको बताएका छन् । उनले आइतबार संसद सचिवालयमा पत्र पठाउँदै स्वतन्त्र हैसियतमा रहन चाहेको बताएका हुन् ।

आफू निर्वाचित भएको पार्टी नेकपाको अस्तित्व अहिले समाप्त भएकाले आफू दलविहीन भएको र आगामी दिनमा पनि स्वतन्त्र हैसियतमा रहन चाहेको भुसालको पत्रमा उल्लेख छ ।

Sana Kishan

‘सर्वोच्च अदालतको २०७७ फागुन २३ को फैसलाले उक्त पार्टीको अस्तित्व समाप्त गरिदिएपछि त्यस पार्टीबाट उम्मेदवार भइ निर्वाचित मसहितका जनप्रतिनिधिहरु दलविहीन अर्थात स्वतन्त्र हुनुपरेको सर्वविदितै छ’, उनले लेखेका छन्, ‘तत्पश्चात म नेकपा एमाले वा माओवादी केन्द्र कसैको पनि संसदीय दलको सदस्य नबनी सभाको स्वतन्त्र सदस्यका रुपमा रहेको छु र आगामी दिनमा पनि सभाको स्वतन्त्र सदस्यका रुपमा नै रहन चाहन्छु ।’

World Link Ads
Mahakali Polytechnic

भुसालले आफूलाई राष्ट्रियसभामा स्वतन्त्र सदस्यको रुपमा व्यवहार गर्न र आफ्नो लेबी कुनै पनि दलको खातामा जम्मा नगरिदिन पनि आग्रह गरेका छन् । (अनलाइनखबर बाट सभार)

Dirghayu Ads

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.