सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

अनुहारको चमक बढाउन कस्तो योगासन ?

लकडाउन नहुँदो हो त यतिबेला महिलाहरू ब्युटीपार्लर धाइरहेका हुन्थे । सौन्दर्य प्रशाधन खरिद गरिरहेका हुन्थे । तर अहिले त्यस्तो अनुकूलता छैन । कहिलेकाहीँ असहज कुराले पनि नयाँ कुराहरूको खोजी र अभ्यास गर्न प्रेरित गर्छ । लकडाउनले गर्दा ब्युटीपार्लर धाउन नपाएपछि वा सौन्दर्य प्रशाधन उपलब्ध नभएपछि यतिबेला महिलाहरूले त्यसको विकल्प खोजिरहेका छन् ।

जस्तो कतिपयले घरेलु सौन्दर्य प्रसाधन बनाउन र त्यसको प्रयोग गर्न सिक्दैछन् । घरमै उपलब्ध सामग्रीबाट उनीहरूले यस्तो प्रशाधन तयार गरिरहेका छन् । जस्तो दूध, मह, बेसार, घिउकुमारी आदि सौन्दर्य प्रशाधनका लागि उपयुक्त प्राकृतिक साधनहरू हुन् ।

यसैगरी कतिपयले अनुहारमा कुनै पनि लिपपोत नगरी कसरी प्राकृतिक रूपमा सुन्दर बन्ने भन्ने अभ्यास गरिरहेका छन् । यससँगै विश्वमा के लहर चलेको छ भने मेकअप नगरी तस्वीर खिच्ने र सामाजिक सञ्जालमा साझेदारी गर्ने होडमा हलिउड र बलिउडका सेलिब्रेटीसमेत छन् ।

World Link Ads
Mahakali Polytechnic

बजारको सौन्दर्य प्रशाधन वा अनुहारको कृत्रिम लेपनले मात्र आफ्नो सौन्दर्य कायम गर्नेभन्दा पनि यसका लागि प्राकृतिक तौरतरिका खोज्नु उपयुक्त हुन्छ भन्ने चेत खुलेको छ । त्यसो त यस्ता थुप्रै प्राकृतिक तौरतरिका छन्, जसले अनुहार, केश, छाला एवं सम्पूर्ण शरीरको सौन्दर्य कायम राख्न सकिन्छ ।

Dirghayu Ads

प्राकृतिक तौर तरिका

अनुहार एवं छाला, केस, आँखा, ओठ, नङ एवं समग्र शारीरिक सौन्दर्य कायम गर्ने प्राकृतिक र दिगो विधि हो, योग । योगका यस्ता थुप्रै आसन छन्, जसले अनुहारको चमक बढाउन, छालालाई मुलायम बनाउन सहयोग गर्छ ।

प्रतिदिन आधा घण्टा सूर्य नमस्कार, प्राणायाम, उत्थान आसन, कपालभाती, धनुरासन आदि गरेर प्राकृतिक सौन्दर्य कायम गर्न सकिन्छ । छाला र केसलाई स्वस्थ एवं चम्किलो बनाउन प्राणायामको महत्वपूर्ण भूमिका हुन्छ । प्राणायामले शरीरमा प्राण वायुको प्रवाह बढाउँछ । प्राणायाम सही तरिकाले सास लिने सर्वोत्तम विधि हो । प्रतिदिन १० मिनेट मात्र प्राणायाम गर्दा पनि अनुहार एवं छालालाई राम्रो प्रभाव पर्छ । कपालभाती प्राणायामले शरीरको कार्बनडाइअक्साइड हटाएर रगतलाई शुद्ध गर्न मद्दत गर्छ । त्यसबाहेक पनि यहाँ केही आसनबारे चर्चा गरिएको छ, जसले खासगरी अनुहारको सुन्दरता बढाउन मद्दत गर्छ ।

भुजंगासन

कम्मर र काँधलाई लचिलो बनाउन उपयोगी हुन्छ । यसले शरीरलाई राम्ररी विश्राम पनि मिल्छ । मनलाई शान्त तुल्याउँछ । छालालाई लचिलो र चम्किलो बनाउँछ ।

मत्यासन

यसले सासको गहिराइ बढाउँछ । हर्मोनको असन्तुलन सही राख्छ । मांशपेसीलाई आराम दिलाउँछ । छालालाई अरू लचिलो बनाउँछ ।

Sana Kishan

हलासन

हलासनले अनुहार र टाउकोमा रक्त प्रवाह बढाउँछ । नतिजा, अनुहारको छालामा चमक आउँछ ।

सर्वांगासन

सर्वांगासनले टाउकोमा रक्त प्रवाह बढाउँछ र छालामा चमक ल्याउँछ । साथसाथै अनुहारमा हुने दागधब्बा हटाउँछ ।

त्रिकोणासन

अनुहार र टाउकोमा रक्त प्रवाह बढाउँछ । अधिक मात्रामा अक्सिजनको प्रवाह गराउँछ । अनुहारको चमक बढाउँछ ।

शिशुआसन

शिशुआसनले पनि टाउकोको हिस्सामा रक्त प्रवाह बढाउँछ । तनाव र थकान हटाउँछ ।

शीतली वा शीतकारी प्राणायाम

यसले शरीरलाई शीतल बनाउँछ । अनुहारमा चमक ल्याउँछ ।

जुनसुकै योग आसनले पनि प्रत्यक्ष रुपमै अनुहार एवं छालाको सौन्दर्य बढाउँछ । योगासन गर्दा मांसपेशी बलियो एवं लचिलो हुन्छ, रक्त प्रवाह राम्ररी हुन्छ, शरीरमा अक्सिजनको आपूर्ति बढ्छ । यसले शरीरको समग्र सौन्दर्यमा फाइदा पुग्छ। (अनलाइनखबर बाट सभार)

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.