बैतडीमा आज ८ जनाले कारोना जिते थप ७ जनामा कोरोना पुष्टि !!

बैतडी-  बैतडीमा आईतबार थप ७ जनामा कोरोना पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ३ सय ६४ जनाको कोरोना परीक्षण गरिएकोमा थप ७ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ ।

आइतबार कोरोना पुष्टि हुनेमा जिल्लाको डीलाशैनी गाउँपालिकाका ५ जना, दशरथचन्द नगरपालिका र दोगडाकेदार गाउँपालिकाका १ ÷ १ जना रहेका छन् । यस्तै थप ८ जनाले कारोना जितेका छन् ।

आइतबार दोगडाकेदार गाउँपालिकाका ३ जना, पञ्चेश्वर गाउँपालिकाका र पाटन नगरपालिकाका २÷२ जना र शिवनाथ गाउँपालिकाका १ जना गरि ८ जना संक्रमण मुक्त भएका हुन् ।

योसँगै जिल्लामा सक्रिय संक्रमित ५२ जना रहेका छन् । ५१ जना बैतडीका र १ जना अन्य जिल्लाका गरि अहिले बैतडीमा ५२ जना कोरोनाका सक्रिय संक्रमित रहेका हुन् ।

हाल जिल्लाको शिवनाथ गउँपालिका,पुर्चौडी नगपालिका र मेलौली नगरपालिकामा कोरोना सक्रिय संक्रमित शुन्य छन् ।

 

(सेभेन स्टारबाट साभार)

Total
1
Shares
Related Posts

दशरथचन्द नगरपालिकाको कांग्रेस नगर सभापतिमा भुवनराज भट्ट बहुमतले विजयी !!

बैतडी –  नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत दशरथचन्द नगरपालिकाको नगर सभापतिमा भुवनराज भट्ट विजयी भएका छन् ।…
पुरा पढ्नुहोस

बैतडीका ब्यापारी हत्या प्रकरण : ४ जना आरोपित सार्वजनिक

बैतडी – जिल्लाको सुर्नया गाउँपालिका–४ शनसेरीमाण्डौमा व्यापारी कमलेसिंह महरा मृत्यु प्रकरणमा पक्राउ परेका ४ आरोपितलाई सार्वजनिक गरिएको छ…
पुरा पढ्नुहोस

बैतडी : हाइस र टेलर एकआपसमा ठोक्किँदा ५ जना घाइते

बैतडीमा हाइस र टेलर एक आपसमा ठोक्किँदा हाइसमा सवार ५ जना यात्रु समान्य घाइते भएका छन् । महेन्द्रनगरबाट…
पुरा पढ्नुहोस
Total
1
Share