सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

आयुर्वेद : एकदिनमा कति पानी पिउने, कुन समयमा पिउने ?

पानी कति र कसरी पिउने ? सधैं प्रयोगमा ल्याइरहने कुरा भए पनि यो जटिल विषय हो । तर यसविषयमा विषेशज्ञहरूबीच नै एक मत छैन । वास्तवमा हाम्रो शरीरमा कति पानी चाहिन्छ भन्ने कुरा हाम्री बस्ने क्षेत्र, मौसम र शारीरिक बनोटको आधारमा पनि फरक हुने गर्छ ।

तर आयुर्वेदले यस विषयमा अलग राय प्रस्तुत गरेको छ । आयुर्वेदका अनुसार हाम्रो शरीरको केही प्राकृतिक आवश्यकता हुन्छ । जसलाई हामीले भोक प्यास, निद्रा, पिसाब र शौच आदिबाट संकेत पाउने गर्छौं । त्यसकारण जब तपाईंलाई भोक लाग्छ, खाना खानुहोस् । जब तपाईंलाई प्यास लाग्छ, पानी पिउनुहोस्, हरेक समय यी विषयमा धेरै चिन्ता लिनु जरुरी छैन ।

पानी किन पिउने ?

World Link Ads
Mahakali Polytechnic

यदि तपाईंलाई अझै पनि अन्यौल छ कि हामीले पानी किन पिउनुपर्छ भनेर भने हामी यसका केही उदाहरणहरु यहाँ दिन खोजिरहेका छौं ।

शारीरिक क्रियाको लागि जरुरी छ पानी

शरीरको हरेक कोशिकाको लागि महत्वपूर्ण तत्व हो पानी । जो पोषक तत्वलाई शरीरको विभिन्न ठाउँमा सञ्चार गर्ने एवं त्यसको अवशोषण गर्ने कामको लागि महत्वपूर्ण छ । यसले सास लिने वा मल त्याग गर्ने जस्ता शरीरको विभिन्न क्रियालाई नियमित गर्न मद्धत गर्ने गर्छ । पाचन एवं मस्तिष्क क्रियाको लागि पनि यो महत्वपूर्ण हुन्छ ।

शरीरमा ऊर्जाको स्तर बढाउँछ पानीले

पानीले शरीरमा ऊर्जाको स्तर बढाउन मद्धत गर्न गर्छ । दैनिक २ लिटर पानी पिउँदा ऊर्जाको स्तर ४०० जुल्ससम्म बढ्ने गर्छ । पानी त्यतिबेला धेरै पिउनु जरुरी हुन्छ, जतिबेला तपाईंहरु नियमित वर्क आउटमा निस्कनुहुन्छ । यसका अलावा पानीले थकाइलाई दूर गराउन समेत मद्धत गर्ने गर्छ ।

दिमागको कार्य र मुडलाई ठीक राख्न

विभिन्न अध्ययनले यो देखाएको छ कि शरीरमा पानीको कमी हुनुको सम्बन्ध ज्ञान र अनुभूतिसँग समेत रहेको छ । साथमा पानी पिउनुले मान्छेलाई कुनै पनि ध्यानमा फोकस गर्न मद्धत गर्ने गर्छ । जसले व्यक्तिको शैक्षिक एवं अन्य कार्यमा समेत सफलता प्राप्त गर्न सजिलो बनाएको हुन्छ । यसका अलावा कैयौं अध्ययनले यो पनि पुष्टि गरेको छ कि यदि व्यक्ति पर्याप्त रुपले पानी पिउँछ भने उसको मुड त्यो दिनभरि ठीक हुने गर्छ ।

पाचन प्रणालीको सुधारको लागि पानी

पानीले पाचन प्रणालीको प्रक्रियासँग जोडिएको एन्जाइमको संश्लेषित गर्न समेत मद्धत गर्ने गर्छ । पानी मान्छेको पाचन प्रणालीलाई सामान्य बनाउनको लागि सहयोगी हुन्छ । कब्जियत जस्ता समस्याको घरेलु उपचारको रुपमा पनि पानीलाई लिन सकिन्छ ।

शरीरभित्रको शुद्धीको लागि पानी

पानीमा रहेको अपशिष्ट पदार्थलाई शरीरबाहिर निस्कासित गर्नको लागि पनि पानीको सहयोग चाहिन्छ । यसले मललाई बाहिर पठाएर शरीरभित्रको शुद्धीमा सहयोग पु¥याउँछ ।

Sana Kishan

छालाको लागि उपयुक्त हुन्छ पानी

पर्याप्त मात्रामा पानी पिउनुले छालामा हाइड्रेसन बढाउन सहयोग गर्छ । साथमा यसले छालाको फिजियोलोजी समेत बढी गराउन मद्धत गर्छ । जसका कारण छाला कोमल एवं मुलायम बन्छ ।

दिनमा कति पानी पिउने ?

केही सिद्धान्तका अनुसार हामीलाई हरेक दिन कमसेकम आठ गिलास पानी पिउनुपर्छ भन्ने मानिन्छ । जसले गर्दा तपाईंको शरीर विषरहित, छाला पोषित हुने र हाइड्रेटेड गर्न समेत मद्धत गर्ने गर्छ । तर आयुर्वेदले यसलाई स्वीकार्दैन ।

आयुर्वेदका अनुसार पानी एक अनिवार्य तत्व हो । तर अत्यधिक पानीको सेवाले तपाईंलाई भोको महसुस नगराउला तर अपच हुने सम्भावना भने धेरै हुन्छ । चरक संहिता, सुश्रुत संहिता जस्ता शास्त्रहरुले यसबारेमा उल्लेख गरेका छन् । उनीहरुले शरीरमा जतिबेला प्यास बढ्छ त्यतिबेला पानी पिउन सकिने र त्यो नै पर्याप्त हुने बताउँछन् ।

धेरै पानी पिउनुले कफ र बात रोगको समस्या बढ्न सक्ने सम्भावना पनि रहन्छ, जसले शरीरमा पाचन शक्तिलाई प्रभावित गराउने गर्छ । त्यसैले पानीमा तृप्त भएपछि जबरजस्ती पानी पिइरहनु हुँदैन ।

पानी पिउने सही समय

सामान्यतया भोजनको समयमा पानी नपिउन धेरैले सुझाव दिन्छन् । या त खानाभन्दा पहिले या त खानाको ४५ मिनेटपछि पानी पिउन सामान्यतया सुझाव दिइन्छ । तर आयुर्वेद शास्त्रका अनुसार प्यास एक प्राकृतिक आवश्यकता भएकोले यति समय भन्दा पनि जतिबेला तिर्खा लाग्छ त्यतिबेला पानी पिउनु कुनै समस्याको विषय होइन ।

पानी पिउने सही तरिका

जसरी हामी बसेर खाना खानै गर्छाैं, त्यसरी नै हामी बसेर पानी पिउन सक्छौं । सकेसम्म दिनभरि पानीको घुड्की लिइरहन सकिन्छ । एकैपटक धेरै पानी पिउँदा शरीरमा पर्याप्त पानी अवशोषित नहुन सक्छ ।

पानीको तापमानको कुरा गर्दा मनतातो पानी खानु उपयुक्त हुन्छ । या त कोठाको तापक्रम जति पानी पिउन सकिन्छ । तर धेरै चिसो र बर्फयुक्त पानी पिउनु हुँदैन । चिसो पानी पिउँदा शरीरको सबै भागमा रगत नपुग्न सक्छ ।

भोजन गर्ने बेलामा र भोजन लगत्तै पर्याप्त पानी नपिउनुहोस् । तर भोजनको बीचमा पानी पिउन सकिन्छ ।

यो बिर्सनु हुन्न कि तपाईंको शरीर ५० प्रतिशत भोजनबाट, २५ प्रतिशत पानीबाट र २५ प्रतिशत पाचक रसको साथमा भरिएको हुन्छ । (अनलाइनखबर बाट सभार)

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.