सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

कस्तो खानेकुराहरुले स्मरणशक्ति बढाउँछ ?

स्मरणशक्ति विकासका लागि हाम्रो जीवनशैली, खानपानको खास भूमिका हुन्छ । जब शारीरिक स्वस्थ्य ठीक हुन्छ, शरीर चुस्त र तन्दुरुस्त हुन्छ । स्मरण शक्ति तेज हुन्छ । खराब जीवनशैलीलाई त्याग्नैपर्छ, स्मरण शक्ति ह«ास हुनबाट बचाउनका लागि ।

योग, ध्यान, प्राणायम यस्तो विधी हो, जसले मस्तिष्कको कार्य संचालनलाई सही राख्छ । त्यसैले योग, ध्यान र प्राणायमलाई दैनिक तालिकाभित्र समेट्नुपर्छ ।

अर्को विधी हो, खानपान ।

World Link Ads
Mahakali Polytechnic

सामान्यत स्वस्थ्यकर, पोषिलो खानेकुरा सेवन गर्नुपर्छ । शरीरमा विकार पैदा गर्ने खानेकुराले स्मरण क्षमता कमजोर बनाउँछ । मदिराजन्य एवं तामासिक खानेकुराले स्मरण शक्ति नष्ट गर्छ । त्यसबाहेक अरु केहि यस्ता खानेकुरा छन्, जसले स्मरण क्षमता बढाउँछ ।

ओखर

मस्तिष्क आकारको ओखमा ओमेगा ३ फ्याटी एसिड अत्याधिक मात्रामा पाइन्छ । ओमेगा ३ का कारण मस्तिष्कमा सुचनाको आदानप्रदान राम्रोसँग हुन्छ । जसका कारण ओख्खर खानाले मस्तिष्क तेजिलो हुन्छ ।

माछा

मानिसको मस्तिष्कको करिब ६० प्रतिशत भाग बोसोले बनेको हुन्छ । त्यसैले मस्तिष्कलाई सक्रिय बनाउन पनि फैटी एसिडको आवश्यक्ता पर्छ । माछामा ओमेगाा ३ फ्याटी एसिड भरपूर मात्रामा पाइन्छ, जसले मस्तिष्क तेजिलो बनाउँछ ।

Sana Kishan

गोलभेडा

एन्टीअक्सिडेन्ट तथा लाइकोपिनले भरपूर गोलभेडाले मस्तिष्कको शक्ति बढाउँछ । फ्री रेडिकलले मस्तिष्कलाई हानी पु¥याउँछ ।द ैनिक गोलभेडाको सेवनले फ्री रेडिकलको समस्या हटेर जान्छ । जुनसुकै ठाउँमा पाइने गोलभेडालाई तरकारी, सलाद तथा अचारमा पनि प्रयोग गर्न सकिन्छ ।

ग्रीन टी

एन्टीअक्सिडेन्ट तत्वले भरपूर ग्रीन टीले सम्झना शक्ति बढाउन मद्दत गर्छ । यसमा पोलिफिनोल तत्व पाइन्छ, जसले स्मरण शक्ति अझै बढाउँछ । दैनिक दुई कप ग्रीन टी नियमित सेवनले स्मरण शक्ति बढाउँन निकै मत गर्छ ।

पालुङ्गो

पालुङ्गोमा पोटासियम हुन्छ । यसले मस्तिष्कको कोशिकामा राम्रो सम्पर्क बनाउँछ । साथै सोच्ने तथा याद राख्ने शक्ति बढाउँछ । पालुङ्गोमा एन्टीअक्सिडेन्ट बाहेक म्याग्निसियम, फोलेट, भिटामिन ‘ई’ तथा भिटामिन ‘के’ पाइन्छ, जसले डिमेन्सिया हुनबाट जोगाउँछ । पालुङ्गोले स्मरण क्षमता बढाउनुका साथै क्याल्सियमको समेत राम्रो स्रोत हो ।

बदाम

बदाममा भिटामिन ३ प्रचुरमात्रामा पाइन्छ । यसले मस्तिष्कमा फाइदा पु¥याउँछ साथै स्मरण क्षमता बढाउन मद्दत गर्छ । (अनलाइनखबर बाट सभार)

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.