सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

विमलेन्द्र, शशांक र प्रकाशमान भेटवार्ता : हामी एकै ठाउँमा छौं !

नेपाली कांग्रेसमा सभापतिका आकांक्षी नेतात्रय विमलेन्द्र निधि, शशांक कोइराला र प्रकाशमान सिंहले सम्वादलाई निरन्तरता दिएका छन् ।

८ असारमा उपसभापति निधिको निवासमा भेटेका यी तीन नेताहरु शुक्रबार महामन्त्री शशांक कोइरालाको निवास महाराजगञ्जमा भेला भएका छन् । भेटमा पार्टीको आसन्न १४औं महाधिवेशनका साथै राष्ट्रिय राजनीतिबारे छलफल भएको छ ।

आफूहरु आगामी दिनमा पनि निरन्तर सम्वादमा बस्ने बताएका नेतात्रयले सभापतिबारे आफूहरुबीचमा सहमति हुनसक्ने बताए । ‘हामी एकै ठाउँमा छौं र हाम्रो बीचमा सहमति हुने प्रवल सम्भावना छ,’ भेटपछि महामन्त्री कोइरालाले भने ।

World Link Ads
Mahakali Polytechnic
Sana Kishan

यद्यपि कसको नेतृत्व भन्नेबारे सहमति हुन समय लाग्ने पूर्वमहामन्त्री सिंहले बताए ।

Dirghayu Ads

तीन नेताबीच सम्वादका लागि पहल गरेका निधिले आफूहरु एकठाउँमा बस्दा देशभरका कार्यकर्तामा उत्साह देखिएको बताए । उनले अघि भने, ‘हाम्रो एउटै भ्वाइस हुन्छ ।’ (अनलाइनखबर बाट सभार)

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.