सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

अबको सात दिनसम्म यि राशी हुनेहरूको लागी अत्यान्तै शुभ रहनेछ !!

मेषः यो हप्ता मेष रासी हुनेहरुको लागी घरयासी समस्याका बावाजुद चित्त प्रसन्न रहने छ , तपाईं आफ्ना सबै समस्याको समाधान पाउन सक्षम रहनु हुने छ । हप्ताको मध्य तिर परिस्थिती अनुकुल बन्नेछ । समुहिक कार्यमा स्पस्ट धारणा राखेर काम गर्नु पर्ला । नयाँ सम्बन्ध बनाउदा पुरानो सम्बन्धलाई पनि महत्व दिन नभुल्नु होला । नयाँ ब्यक्तीहरु सँग सम्बन्ध बिकास हुन सक्छ ।

प्रेममा सम्झदारी पूर्ण ब्यवहार गर्नु पर्ला । हतारले काम बिग्रन सक्छ । सामाजिक प्रतिष्ठामा ध्यान दिनुहोला । दुध र चिनी दान गर्दा राम्रो फल मिल्ला , गायत्री मन्त्र जप गर्नुहोला ।

वृषः रमाइलोमा अनावस्यक खर्च हुनेछ । खानपिनर साथीभाइसँगको काममा एवम मनोरञ्जनमा बढी समय बित्नेछ । स्वास्थ्यमा भने सुधार आउने तथा ऋणको भार कम हुनेछ । मावली पक्षबाट फाइदा एवम पशु चौयायाबाट लाभ हुनेछ । अरुको सहयोग मिल्नाले अधुरा कामहरु बन्नेछन् । साझेदारी व्यवसायमा नयाँ योजना बन्नेछ ।साताको अन्त्यमा भने अपजसको समस्या हुनेछ । ठुलाबडाले साथ छोडिदिने एवम मित्रबाट धोका हुनेछ ।

World Link Ads
Mahakali Polytechnic

मिथुनः यो साता मिथुन राशि हुनेहरूको लागी शनिको कारण मानसिक र आर्थिक कष्ट झेल्न पर्ने हुन सक्छ । आफ्नो स्वास्थ्य को विशेष ख्याल राख्नु पर्ला । पेट सम्बन्धी समस्याले सताउन सक्नेछ । आम्दानीको तुलनामा खर्चको अधिकता हुन सक्छ । जमिन र निर्माण सँग जोडिएका कामहरूमा चुनौतीको सामना गर्नुपर्ने हुनसक्छ ।

Dirghayu Ads

जीवन साथी सँग मतभेद बढ्न सक्छ , प्रेम सम्बन्धमा कुनै तेस्रो मान्छेले नकारात्मक भूमिका खेल्न सक्छ असमझदारी बढाउने खालका गतिविधिमा सतर्क रहनुपर्ला । अनावश्यक रिस माथि नियन्त्रण रोक्नु पर्ला र विवादमा जित्ने प्रयासमा नलाग्नु बुद्धिमानी हुनेछ । समाधानका लागी बाँदरलाई चना र सक्खर खुवाउँदा वा हनुमानको मन्दिरमा चढाउँदा लाभ होला ।

कर्कटः साझेदारी लगानीमा फाइदा मिल्नेछ । नयाँ योजना बन्ने एवम पारिवारिक सहयोगले अधुरा काम बन्नेछ । साताको मध्यमा भने रोकावट एवम बाधाको सामना गर्नु पर्नेछ ।अपजस मिल्न सक्ने एवम स्वास्थ्यमा गडबडी देखिन्छ । अध्ययन पक्ष कमजोर रहनेछ । अनावश्यक खर्चले मानसिक तनाव बढाउनेछ । साताको अन्त्यमा भने काममा सुधार हुने एवम सामाजिक प्रतिष्ठा मिल्नेछ ।

सिंहः प्रतिस्पर्धा एवम खेलकुदमा विजय मिल्नेछ । स्वास्थ्यमा सुधार हुने एवम विपक्षीसँग जित मिल्नेछ । प्रेममा प्रगति एवम वैवाहिक कुरा अघि बढ्नेछ । व्यावसायिक यात्रा हुने एवम लगानीमा फाइदा मिल्नेछ ।सन्तानको सहयोग एवम प्रगति हुनेछ । विद्याध्ययन एवम शैक्षिक क्षेत्रमा सन्तुष्टि मिल्नेछ । पाचन गडबडीले सामान्य स्वास्थय बाधा रहन्छ ।

Sana Kishan

कन्याः अध्ययनमा प्रगति देखिन्छ । कला संगीतमा रुचि जाने एवं सृजनामा प्रगति मिल्नेछ । सन्तानको सहयोग बढ्ने एवम मातृपक्षबाट धनको सहयोग मिल्नेछ । होटल एवम कृषि व्यवसायमा धन आर्जन हुनेछ । साताको मध्यमा भने वादविवाद हुन सक्ने एवम घर बाहिरको काममा प्रगति मिल्नेछ ।खेलकुदमा भने प्रगति मिल्ने एवम जीवन साथीको सहयोगले व्यवसायमा राहत हुनेछ । बोलीको कारणले शत्रुता बढ्ने एवम आफन्त भित्रमा धनको विवाद बढ्नेछ ।

तुलाः मानसिक चिन्ता थपिनेछ । घरायसी सल्लाहन मिल्नाले आपसी विवाद बढ्नेछ । स्त्री पक्षसँग मनमुटाव एवम व्यर्थ झगडा हुनेछ । साताको मध्यमाभने व्यापारमा लाभ एवम व्यवसायबाट सन्तुष्टि मिल्नेछ ।सन्ततीको सुख बढ्ने एवम विरोधीसँग सहकार्य हुनेछ । दाँतको समस्या एवम नाक, कान घाँटीको समस्या हुनेछ । दाजुभाइमा सामान्य कलह एवम पारिवारिक दुरी बढ्नेछ ।

वृश्चिकः नयाँ काममा योजना बन्नेछ। टाढाका मित्रबाट धनको सुख मिल्नेछ । दाजुभाइ एवम आफन्तबाट सहयोग तथा सद्भाव मिल्नेछ । साताको मध्यमा भने चिन्ता बढ्ने चिसोले स्वास्थ्य बाधा हुनेछ। मानसिक स्वास्थ्यमा समस्या आउने एवम घरायसी विवाद निम्तिने छ ।मित्रतामा समस्या एवम यात्रामा बढी खर्च हुनेछ । बोलीबचनको प्रभावले भने ठुलाबडासँग राम्रो प्रभाव पर्नेछ । आम्दानी बढ्नाले पुराना व्यवहार मिल्नेछ ।

धनुः भोजनको सुख मिल्नुका साथै पारिवारिक भेटघाट बढ्नेछ । धनआर्जनको श्रोत खुल्ने एवम आफन्तबाट धनको सहयोग मिल्नेछ । शैक्षिक एवम सामाजिक क्षेत्रमा पहिचान बढ्ने एवम मानसम्मानको योग देखिन्छ ।साताको अन्त्यमा भने घरायसी विवादमा परिने एवम मित्रबाट सामान्य धोका हुनेछ । जीवनसाथीको स्वास्थ्यमा गडबडी एवम शीर दर्दको योग देखिन्छ । घरमुलीलाई स्वास्थ्यमा बाधा हुन सक्नेछ ।

मकर: अनावस्यक विवादमा परिनेछ। मानसिक चञ्चलता बढ्नेछ । हतारमा काम बिग्रिने एवम मनोरञ्जनमा खर्च हुनेछ। व्यापारमा भने राम्रो आम्दानी हुने, भोजभतेरमा सहभागिता मिल्ने एवम माइती मावलीबाट धनको सहयोग मिल्नेछ ।शैक्षिक क्षेत्रमाखर्च बढ्ने एवम यात्रामा शारीरिक कष्ट हुनेछ । पितृ पक्षबाट सहयोग मिल्ने तथाउच्च व्यक्तिहरुबाट सद्भाव मिल्नेछ ।

कुम्भ: अनावश्यक खर्चले चिन्ता बढ्नेछ । स्वास्थ्यमा बाधा एवम पारिवारिक झमेला हुनेछ । यात्रामा समस्या पर्ने एवम सरसामान हराउन सक्नेछ । मानसिक चिन्ता बढ्नाले काम अधुरो रहनेछ । कृषिबाट , पशुचौपायबाट आम्दानी हुनेछ ।जागिर एवम रोजगारीमा भने प्रगति एवम् ठुलाबडाको साथ मिल्नेछ । सन्तानको प्रगति एवम आम्दानीको स्तर बढ्नाले पुराना काममा सफलता मिल्नेछ ।

मीन: साताको सुरुमा राम्रो आम्दानी हुनेछ । महिला वर्गबाट सहयोग एवम कृषि तथा होटल व्यवसायमा धन आर्जन हुनेछ। साताको मध्यमा भने सामान्य खर्च बढ्ने एवम यात्रा कष्टकर हुनेछ । अनावश्यक विवाद निम्तिने तथा मातृपक्षको स्वास्थ्यमा समस्या आउनेछ ।खानपीनको कारणले समस्या आउने तथा बोलीवचनको कारणले मित्रता टुट्नेछ । रिसको आवेगमा धन क्षति हुनेछ । साताको अन्त्यमा भने काममा प्रगति मिल्ने एवम नयाँ योजनामा लगानी हुनेछ । सामुदायिक काममा समय व्यतित हुनेछ। (gnewsnepal.com बाट सभार)

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.