सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

श्रीमद्भगवत गीताका मन छुने भनाईहरु, जसले हाम्रो सोच्ने शैली बदल्छ !!

श्रीमद्भगवत गीता पूर्विय दर्शनको सर्वश्रेष्ठ ग्रन्थ मानिन्छ । यसले मान्छेलाई सही दिशा मार्गदर्शन गर्छ र गलत बाटोमा हिँड्नबाट बचाउँछ ।

यसमा जुन उपदेश छ, त्यो भगवान श्रीकृष्णले स्वयम् कुरुक्षेत्रको युद्धका क्रममा अर्जुनलाई बताएका थिए । जब महाभारतको युद्ध सुरु हुँदै थियो, अर्जुन युद्ध गर्न चाहिरहेका थिएनन् । तब भगवान श्री कृष्णले अर्जुनलाई धर्म र कर्मको सच्चा ज्ञान अवगत गराए ।

जे भयो, राम्रो भयो । जे हुँदैछ त्यो राम्रो हुँदैछ । जे हुनेछ, त्यो पनि राम्रो हुनेछ ।

World Link Ads
Mahakali Polytechnic

तिमीले के गुमायौं, जसको लागि तिमी रोइरहेका छौं ? तिमीले के लिएको थियौं र के गुमायौं ? तिमीले के कुरा पैदा गरेको थियौं जुन नष्ट भयो । तिमीले जे लिएका थियौं यहीबाट लियौं । जे दियौं, यहीका लागि दियौं ।

Dirghayu Ads

जुन कुरा आज तिम्रो त्यो भोलि अरु कसैको हुनेछ । किनभने परिवर्तन नै संसारको नियम हो ।

जीवन न भविष्यमा छ, न अतितमा । जीवन त वस् यही पलमा छ ।

जन्म लिएपछि मृत्यु निश्चित छ । जति पनि जन्मन्छन्, ति सबै मर्छन् । यसैले जुन कुरा अपरिहार्य छ, त्यसमा शोक गर्नु जरुरी छैन ।

कुनैपनि व्यक्ति आफुले चाहे अनुसार बन्न सक्छ, यदि त्यो व्यक्ति एक विश्वासका साथ इच्छित वस्तमाथि लगातार चिन्तन र कर्म गरिरहन्छन् भने ।

मान्छे विश्वासले निर्माण हुन्छ । उनीहरुले जे विश्वास गर्छन्, त्यही बन्छन् ।

कर्म गर, फलप्रति आशक्ति नराख ।

हे अर्जुन, क्रोधले भ्रम पैदा हुन्छ । भ्रमले बुद्धि व्यग्र हुन्छ । जब बुद्धि व्यग्र हुन्छ, तबत र्क नष्ट हुन्छ । जब तर्क नष्ट हुन्छ, तब व्यक्तिको पतन सुरु हुन्छ ।

तेरो र मेरो छाड । आफ्नो र पराय छाड । तब सबैकुरा तिम्रो हुनेछ र तिमी सबैको हुनेछौं ।

Sana Kishan

सधै सन्देह गरिरहने मान्छेको लागि सुख न यो लोकमा छ, न परलोकमा ।

नर्कको तीन द्वार छन्, वासना, क्रोध र लोभ ।

मन अशान्त छ यसलाई नियन्त्रण गर्न कठिन छ, तर अभ्यासद्वारा मनलाई आफ्नो वसमा राख्न सकिन्छ ।

जुन व्यक्तिले सबै इच्छा त्याग गर्छ । म र मेरो भन्ने लोभ एवं भावनाबाट मुक्त हुन्छन् । उसलाई अपार शान्ति प्राप्त हुन्छ ।

धर्तीमा जसरी मौसम बद्लिन्छ, उसैगरी जीवनमा सुख र दुख पनि आउने जाने भइरहन्छ ।

इतिहास भन्छ हिजो सुख थियो । विज्ञान भन्छ, भोलि सुख हुनेछ । तर, अध्यात्म भन्छ, यदि मन सफा र स्वच्छ भने हरक्षण सुख छ ।

जस्तो व्यवहार अरुले गर्दा तपाईंलाई रुचीकर लाग्दैन, त्यस्तो व्यवहार तपाईंले पनि अरुको लागि गर्नु उचित हुँदैन ।

केवल मान्छेको मन नै कसैको सत्रु वा मित्र हुन्छ ।

न यो शरीर तिम्रो हो । न तिमी यो शरीरका हौ । यो शरीर त पञ्च तत्वले बनेको छ, आगो, जल, वायु, पृथ्वी र आकास । एक दिन यो शरीर यही पञ्चतत्वमा विलिन हुन्छ ।

कुनैपनि व्यक्ति जन्मले होइन, कर्मले महान बन्छन् ।

संसार आवश्यक्ताको नियम अनुसार चल्छ । जाडो याममा जसरी घामको न्यानो महत्वपूर्ण हुन्छ, गर्मी याममा त्यही घामको तिरस्कार हुन्छ । तपाईंको मूल्य त्यसबेलासम्म कायम रहन्छ, जबसम्म तपाईंको आवश्यक्ता हुन्छ । (अनलाइनखबर बाट सभार)

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.