सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

गल्ती स्वीकार गरेर आउँनुहुन्छ भने ओलीलाई स्वागत छ : माधवकुमार नेपाल

काठमाडौं : नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओलीले गल्ती सच्याएर आए स्वागत गर्ने बताएका छन् ।

बिहीबार सम्पादकसँगको अन्तरक्रियामा बोल्दै नेता नेपालले यस्तो बताएका हुन् । पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओलीले गल्ती सच्याउन विपक्षी गठबन्धनमा सहभागी भएको भन्दै नेता नेपालले यस्तो बताएका हुन् ।

नेपालले आफूहरु पनि मानिस भएको र कहिलेकाही गल्ती हुने भन्दै राष्ट्रिय हितप्रति भने सचेत रहेका बताए । उनले ओलीले गल्ती स्वीकार गरेर आए स्वागत गर्ने प्रष्ट पारे । ‘हामी पनि मान्छे हौँ, कहिलेकाहीँ गल्ती हुन्छ’, नेपालले भने, ‘गल्ती स्वीकारेर आउनुहुन्छ भने केपी ओलीलाई स्वागत छ ।’

World Link Ads
Mahakali Polytechnic
Sana Kishan

देश र जनताको हितका लागि दृढताका साथ विपक्षी गठबन्धनमा सहभागी भएको उनको भनाइ छ । ‘पदका लागि होइन कसरी हाम्रो देशको स्वाधिनता र स्वाभिमानको रक्षा हुन्छ भन्ने कुरामा हाम्रो चिन्ता छ’, नेता नेपालले भने, ‘हामी केपी ओलीले गरेका गल्ती सच्याउन लागेका छौँ ।’

नेता नेपालले ओलीले गरेको कारवाहीको कुनै अर्थ नभएको प्रष्ट पारे । विपक्षी गठबन्धन संविधान, स्वाधिनता र स्वाभिमानको रक्षाका लागि अगाडि बढेको भन्दै उनले सकारात्मक सोच हुनेसँग सहकार्य हुनेसमेत प्रष्ट पारेका छन् ।

‘हामी संविधान र लोकतन्त्र जोगाउन सकारात्मक सोच राख्ने सबैसँग हातेमालो गर्न तयार छौँ’, नेता नेपालले भने । (annapurnapost.com बाट सभार)

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.