सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

९७ वर्षीया वृद्धाले जितिन् कोरोना

नुवाकोट : नुवाकोटकी एक वृद्धाले कोरोनालाई जितेकी छन् । नुवाकोटको किस्पाङ गाउँपालिकाकी ९७ वर्षीया वृद्धाले कोरोना जितेर घर फिर्ता भएकी हुन् । कोरोना संक्रमित भएकी किस्पाङ गाउँपालिका–४ की ९७ वर्षीया सोनाम घलेलाई उपचारका लागि नुवाकोट जिल्ला अस्पताल त्रिशूली भर्ना गरिएको थियो ।

अस्पतालमा उपचाररत उनको स्वास्थ्य अवस्था सुधार भई पुनः स्वाबको नमुना लिएर आरटीपीसीआर परीक्षण गर्दा उनको आरटीपीसीआर नेगेटिभ आएकोले डिस्चार्ज गरिएको त्रिशूली अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. दीपेन्द्र पाण्डेले जानकारी दिए । वृद्धाको अवस्था सामान्य भएपछि उनलाई घर पठाइएको डा. पाण्डेले जानकारी दिए ।

९७ वर्षको उमेरमा कोरोना जित्ने घले नुवाकोटको सबैभन्दा बढी उमेरको संक्रमित रहेको त्रिशूली अस्पतालले जानकारी दिएको छ । यही असार १ गते कोरोना पोजेटिभ भएर वृद्धा घलेलाई उपचारका लागि त्रिशूली अस्पतालमा भर्ना गरिएको थियो ।

World Link Ads
Mahakali Polytechnic
Sana Kishan

यसैबीच, नुवाकोटमा थप ७८ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय नुवाकोटका अनुसार पछिल्लो २४ घण्टामा १२ स्थानीय तह रहेको नुवाकोटमा १ सय ७६ जनाको स्वाबको नमुना संकलन गरी आरटीपीसीआर परीक्षण गर्दा ३१ म्हिलासहित ७८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यससँगै जिल्लामा कोरोना संक्रमितको कुल संख्या ५ हजार ६६ जना पुगेको छ ।

स्वास्थ्य कार्यालयका सूचना अधिकारी उत्तमराज खनालका अनुसार पछिल्लो २४ घण्टामा जिल्लाको विदुर नगरपालिकामा सबैभन्दा बढी १३ महिलासहित २७ जना कोरोना संक्रमित थपिएका हुन् । (annapurnapost.com बाट सभार)

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.