सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

धनगढीमा कोरोनाको संक्रमण रोकथामका लागि अनिवार्य मास्क

धनगढी – धनगढी उप–महानगरपालिकाले कोरोनाको संक्रमण रोकथामका लागि अनिवार्य मास्क अभियान सुरु गरेको छ । निषेधाज्ञा खुकुलो भएसंगै कोरोना फैलिन सक्ने कुरालाई ध्यान दिदै उप–महानगरपालिकाले अनिवार्य मास्क अभियान सुरु गरेको हो ।

धनगढी उप–महानगरपालिकाका नगरप्रमुख नृपबहादुर वडले मास्क लगाएर सहयोग गर्न सबैमा आग्रह समेत गरेका छन् । अभियान सफल बनाउनका लागि धनगढीमा क्रियाशिल सामाजिक संघसंस्था, प्रहरी प्रशासन, नेपाल रेडक्रस सोसाईटीका प्रमुख तथा प्रतिनिधीहरुको बुधवार उपमहानगरपालिकामा बैठक बसेको थियो ।

Sana Kishan

’निषेधाज्ञा खुकुलो भएपछि स्वभाविक रुपमा बजार, कार्यालयहरु सबैतिर चहलपहल बढ्छ,’ नगरप्रमुख वडले भने, ‘ भिडभाडमा कोरोनाको संक्रमण सर्नबाट जोगिने एउटै उपाय मास्को प्रयोग मात्रै हो ।’ जनस्वास्थ्यलाई ख्याल गरेर चलाईएको यो अभियानमा सहयोग गर्न सबैलाई बिनम्रताका साथ अनुरोध गर्ने पनि नगरप्रमुख वडले बताए । (गोदावरी न्युज बाट सभार)

World Link Ads
Mahakali Polytechnic

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.