सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

ज्योतिषशास्त्रको ब्यख्या ?

देव राज उपाध्याय (पुरुष) – पूर्वीय ज्योतिष शास्त्रमा कुल ९ ग्रह बताएको छ । ती मध्ये २ वटा ग्रह छाया हो । सूर्य, चन्द्रमा, मंगल, बुध, गुरु, शुक्र, शनि ग्रह हो भने राहु र केतु छाया ग्रह हो । यसले जस्तो स्थान र ग्रहहरूको साथमा हुन्छ त्यसै अनुसारको स्वभाव हुन्छ । सूर्य र चन्द्रमा सदैव मार्गी हुन्छ भने मंगल, बुध, गुरु, शुक्र, शनि ग्रह समय समयमा बक्रि मार्गी, उदय अस्त हुन्छ । राहु र केतु सदैव बक्रि हुन्छ । सूर्यको सामिप्यमा आ-आफ्नो निश्चित अंशात्मक आउँदा अस्त हुन्छ । शुभ र अशुभ ग्रह:– चन्द्रमा, बुध, शुक्र, र गुरु क्रमशः एकभन्दा अर्को शुभ हुन्छ । त्यस्तै गरेर सूर्य, मङ्गल, शनि, र राहु क्रमैले अधिकाधिक अशुभ वा पापी ग्रह हो ।

शत्रु, मित्र र सम ग्रह:– ग्रहमा पनि आपसी वैरभाव हुन्छ जसको कारण तिनीहरूले आफ्नो शुभाशुभ परिणाम दिन्छ ।

१, सूर्यको मित्र ग्रह हो चन्द्रमा, मङ्गल, गुरु, सममा बुध हो भने शत्रु ग्रहमा शुक्र र कनी हो ।

World Link Ads
Mahakali Polytechnic

२, चन्द्रमा को मित्र ग्रहमा सूर्य र बुध हो सम मङ्गल, गुरु, शुक्र र शनि को भने चन्द्रमाको शत्रु ग्रह छैन ।

३, मङ्गलको मित्र ग्रहमा सूर्य र गुरु हो, सम शुक्र र शनि हो र यसको शत्रु बुध मात्रै हो ।

४, बुध ग्रहको मित्र ग्रहहरूमा सूर्य शुक्र र चन्द्रमा, सम ग्रहमा गुरु र शत्रु ग्रह मङ्गल मात्रै हो ।

५, गुरुको मित्र ग्रहमा सूर्य, चन्द्रमा र मङ्गल हो, सममा शनि र बुध र शुक्रसँग शत्रुता हुन्छ ।

६, शुक्र ग्रहको मित्र ग्रहमा बुध र शनि, सममा गुरु र मङ्गल हो भने सूर्य र चन्द्रमा शत्रु ग्रह हो ।

७, शनिको मित्र ग्रहमा बुध र शुक्र, समयाभाव गुरु हो, सूर्य चन्द्रमा र मङ्गल शत्रु ग्रह हो ।

८, राहु र केतुको मित्र ग्रहमा बुध, शनि, शुक्र हो, र शत्रु ग्रहमा सूर्य, चन्द्रमा र मंगल हो ।

ज्योतिष शास्त्रमा कुल १२ राशि र १२ वटै लग्न हुन्छ ।

मेष, वृष, मिथुन, कर्कट, सिंह, कन्या, तुला, वृश्चिक, धनु, मकर, कुम्भ, र मीन यी बाह्रराशीहरुको आ–आफ्नो स्वामीहरू हुन्छन् । जस्तै:– मेष र वृश्चिक राशिको स्वामी मङ्गल, वृष र तुला राशिको स्वामी शुक्र , कर्कट राशिको स्वामी चन्द्रमा, सिंह राशिको स्वामी सूर्य, मिथुन र कन्या राशिको स्वामी बुध, धनु र मीन राशिको स्वामी गुरु, मकर र कुम्भ रासीको स्वामी शनि हुन्छ ।

Sana Kishan

१) प्रथम भाव जसलाई लग्न पनि भनिन्छ यसबाट जातकको शरीर, रङ्ग आकृति मुख, मस्तक, केश आयु, योग्यता, तेज, आरोग्यको विचार गरिन्छ ।

२) द्वितीय भाव जसलाई धनभाव पनि भनिन्छ, यसबाट कुटुम्ब, परिवार, दायाँ आँखा, वाणी, विद्या, बहुमूल्य सामाग्रीहरूको सङ्ग्रह सुनचाँदी, चलाचल सम्पत्ति, नम्रता, भोजन, वाकपटुता, सत्यासत्य आदिको विचार गरिन्छ ।

३) तृतीय भाव जसलाई पराक्रम स्थानले पनि जानिन्छ र भाइ भाव पनि भनिन्छ , यसभावबाट भाइ बहिनी, दाहिने कान लघु यात्रा साहस सामर्थ्य अर्थात् पराक्रम, नोकर–चाकर, भाइ बहिनीसँगको सम्बन्ध, छर–छिमेकी, लेखन तथा प्रकाशन गुप्त शत्रु आदिको बारेमा विचार गरिन्छ ।

४) चतुर्थ भाव यसलाई सुख भाव पनि भनिन्छ । यसबाट आमा, जन्मसमयको परिस्थिति, धर्मपुत्र, हृदय, छाती, पति–पत्नीको विधि वा कानुनी मामला, चलसम्पति, गृह निर्माण, वाहन सुख आदिको विचार गरिन्छ ।

५) पञ्चम भाव यसलाई सुत अर्थात् सन्तान भाव पनि भनिन्छ । यसबाट सन्तान अर्थात् पुत्र–पुत्री, मानसिकता मन्त्र, ज्ञान विवेक, स्मरण शक्ति, विद्या, प्रतिष्ठा आदिको विचार गरिन्छ ।

६) षष्ट भाव यसलाई रिपुभाव भनिन्छ । यो भावबाट मुख्यतः शत्रु, रोग, मामा, जय–पराजय, भूत–प्रेत विष प्रयोग, क्रु र कर्म आदिको विचार गरिन्छ ।

७) सप्तम भाव यसलाई जिया अथवा पत्नी भाव भनिन्छ, यस भावबाट पति अथवा पत्नी, विवाह सम्बन्ध, विषय वासना, आमोद–प्रमोद व्यभिचार, जेनेन्द्रिय, साझेदारी व्यापार आदिको विचार गरिन्छ ।

८) अष्टम भाव यसलाई आयु वा मृत्यु भाव पनि भनिन्छ । यसबाट आयु, मृत्युको कारण, दुःख–सङ्कट, मानसिक पीडा, आर्थिक क्षति, भाग्य हानि, गुप्ताङ्गको (यौनाङ्ग) रोग, आकस्मिक धन लाभ आदिको विचार गरिन्छ ।

९) नवम भाव यसलाई भाग्य भाव पनि भनिन्छ । यसबाट भाग्य, धर्ममाथिको आस्था, गुरु, पिता, पूर्वजन्मको पाप–पुण्य, शुद्धाचरण, यश ऐश्वर्य, वैराग्य, आदि विषयमा विचार गरिन्छ ।

१०) दशम भाव यसलाई कर्म भाव भनिन्छ । दशम भावबाट कर्म, नोकरी, व्यापार व्यवसाय, आजीविका, यश सम्मान, राज्य सम्मान, राजनीतिक विषय, पदाधिकारी, पितृ धन, दीर्घ यात्रा, सुख आदिको बारेमा विचार गरिन्छ ।

११) एकादशभाव यसलाई आय वा लाभ भाव पनि भनिन्छ । यसबाट विभिन्न पुकारको लाभ, मित्र, पुत्रवधु, पूर्व सम्पन्न कर्महरुबाट भाग्योदय, सिद्धि, आशा, आमाको मृत्यु आदि विचार गरिन्छ ।

१२) द्वादश भाव यसलाई व्यय भाव पनि भनिन्छ । यसभावबाट धनको व्यय, बायाँ आँखा, शैया सुख, मानसिक क्लेश, दैविक आपत्ति, दुर्घटना, मृत्यु पछिको स्थिति, पत्नीको रोग आमाको भाग्य, राजकीय सङ्कट, राजकीय दण्ड, आत्महत्या, एवं मोक्ष आदिको विचार गरिन्छ ।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.