सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

अन्य प्रदेशको तुलनामा कर्णाली र सुदूरपश्चिममा केही दिन कम पानी पर्ने

बुधबार देशका धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावनासमेत छ ।

कर्णाली र सुदूरपश्चिममा भने अन्य प्रदेशको तुलनामा कम वर्षाको सम्भावना रहेको मौसमविद राजु प्रधानाङ्गले बताए । त्यसको कारणबारे खुलाउँदै मौसमविद प्रधानाङ्गले भने, ‘हाल मनसुनी न्युन चापीय रेखा नेपालको दक्षिणी भूभाग भारतको बिहार क्षेत्रमा छ । त्यसैले प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा त्यसको असर बढी र कर्णाली , सुदूरपश्चिमतिर कम पर्ने भएको हो ।’ मनसुनी न्यून चापिय रेखा रहेको स्थानमा बढी पानी पर्ने गर्दछ ।

Sana Kishan

मौसमविद् प्रधानाङ्गका अनुसार नेपालमा केही दिन ठूलो पानी पर्ने सम्भावना छैन । ‘असारको सुरुमै परेको जस्तो ठूलो पानी पर्ने सम्भावना केही दिन देखिंदैन,’ उनले भने ।

World Link Ads
Mahakali Polytechnic

विभागले बुधबार बिहान जारी गरेको मौसमी बुलेटिनमा लेखिएअनुसार बुधबार दिउँसो धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । तर बुधबार राति भने त्यस्तो सम्भावना केही स्थानहरुमा मात्र छ । बिहीबार र शुक्रबार पनि बुधबारको जस्तै अवस्था रहने पूर्वानुमान विभागले गरेको छ । (अनलाइनखबर बाट सभार)

Dirghayu Ads

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.