सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

योगासन गर्दा सावधानी अपनाउनुपर्ने १५ कुराहरु !!

व्यावहारिक हिसाबले शरीर, मन र भावनालाई सन्तुलित गर्ने र तालमेल मिलाइराख्ने एक साधन हो, योग । यस्तो योग आसन, प्राणायाम, मुद्रा बँध र षट्कर्म एवं ध्यानको अभ्यासबाट प्राप्त हुन्छ । योगले शरीरको अंग, मांसपेशी, नसालाई चुस्त र तन्दुरुस्त राख्ने काम गर्छ ।

शारीरिक एवं मानसिक उपचारमा योग सर्वाेत्तम विकल्प हो । यो यति शक्तिशाली एवं प्रभावकारी यसकारण हुन्छ कि, यसले सद्भाव र एकीकरणको सिद्धान्तमा काम गर्छ । मधुमेह, उच्च रक्तचाप, दम, युरिन एसिड, पाचन विकार, बाथ जस्ता रोगको नियन्त्रण एवं निदानका लागि योग अपरिहार्य छ । मानसिक तथा शारीरिक विकार हटाएर शरीरलाई स्वस्थ बनाउन योगले महत्वपूर्ण काम गर्छ ।

योगासन आफैंमा एउटा जटिल र महत्वपूर्ण क्रिया हो । शारीरिक एवं मानसिक तन्दुरुस्तीको लागि नियमित योगासन गर्नु अनिवार्य हुन्छ । तर योगासन भनेको अव्यवस्थित र विना योजना गर्ने अभ्यास भने होइन । यस्तो अवस्थामा यो घातक पनि हुन सक्छ । योजनाविहीन र कुनै प्रशिक्षकको सल्लाह विना नै यस्तो अभ्यास गर्दा यसले समस्या निम्त्याउन सक्ने भएकोले योगासनपूर्व केही कुरामा सावधानी अपनाउनुपर्ने हुन्छ ।

World Link Ads
Mahakali Polytechnic

योगासनमा अपनाउनुपर्ने सावधानी

योगासन गर्नुपूर्व शौच, स्नान आदि निवृत्ति आवश्यक छ ।

प्रातः कालमा योगासन गर्नु अधिक लाभकारी हुन्छ ।

योगासन गरेपछि तुरुन्तै स्नान गर्नु उपयुक्त हुँदैन । पसिनालाई पंखामा नसुकाउनुहोस्, शरीरको ताप सामान्य नहुँदासम्म स्नान नगर्नुहोस् ।

योगासनको आधा घण्टापछि दूध, दलीय खाना, फल या अंकुरित अन्न थोरै भए पनि अवश्य लिनुहोस् ।

आसन एकान्त तथा धुलो, माटो वा धुलो रहित हुनुपर्छ । घरको छत, पार्क, नदीको किनार अथवा यस्तै खुल्ला ठाउँमा योग गर्नु उपयुक्त हुन्छ । जहाँ शुद्ध हावा आउने जाने भइरहन्छ । अधिक चिसोमा योगासन खुला कोठामा गर्न सकिन्छ ।

आसन गर्ने समयमा वस्त्र थोरैभन्दा थोरै शरीरमा खुल्ला आलको हुनुपर्छ ।

Sana Kishan

समतल भूमिमा बाक्लो कम्मल, बाक्लो दरी राखेर आसन तयार पार्नुहोस् । खाली भूमिमा केही पनि नबिछ्याइ आसन तयार नपार्नुहोस् । जसले शरीरमा हुनेवाला विद्युत् प्रवाह नष्ट हुँदैन ।

सास मुखले नलिएर नाकले लिनुपर्छ ।

आसन गर्ने समयका साथ जबरजस्ती नगर्नुहोस् । अतः धैर्यपूर्वक आसन गर्नुहोस् ।

आसनको पूर्व थोरै ताजा जल पिउनु लाभदायक हुन्छ । अक्सिजन र हाइड्रोजनमा विभाजित भएर सन्धि स्थानको मल निकाल्नमा पानी सहायक हुने गर्छ ।

आसनको स्थितिमा श्वासप्रश्वासको विशेष ध्यान राख्नुहोस् ।

आसन गर्दा जति समय सहजताका साथ गर्न सक्नुहुन्छ त्यति समय गर्नुहोस् ।

आसन नियमित तथा एकाग्रचित्त राखेर गर्नुहोस् ।

रुग्णावस्थामा कुशल योग शिक्षकको रेखदेख आवश्यक पर्छ ।

भोजनको चार घण्टापछि मात्रै आसन शुरु गर्न सक्नुहुनेछ । (अनलाइनखबर बाट सभार)

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.