सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

गर्मिमा कस्ता खानेकुरा नखाएको राम्रो ?

गर्मीमा के खानुपर्छ र के खानु हुँदैन भन्ने विषयका बारेमा जान्नु आवश्यक हुन्छ । यहाँ हामीहरू त्यस्ता खानेकुराको चर्चा गर्दैछौं जसलाई गर्मीमा नखाएकै राम्रो ।

अदुवा: अदुवाले शरीरलाई प्राकृतिक रूपमा तातो राख्छ । यसको नियमित सेवन गर्दा शरीरको तापक्रम बढ्छ । अदुवा स्वास्थ्यका लागि राम्रो हुन्छ तर गर्मीमा अदुवा हदभन्दा बढी खाएमा हानि पुग्छ ।

प्याजः तरकारीको स्वाद बढाउन प्याज प्रयोग गरिन्छ । प्याजले पनि शरीरको तापमान बढाउँछ र हर्मोन असन्तुलित बनाउँछ । गर्मीमा प्याज कमै खाएको राम्रो ।

World Link Ads
Mahakali Polytechnic

लसुनः प्याज जस्तै लसुनले पनि शरीरको हर्मोनलाई असन्तुलन गराउँछ । लसुनले खानाको स्वाद बढाउँछ तर गर्मीमा यसको सेवन जति कम ग¥यो, त्यति राम्रो ।

Dirghayu Ads
Sana Kishan

सागपातः सागपातमा भरपूर एन्टीअक्सिडेन्ट हुन्छ जसले अनेकौं रोग भगाउँछ । सागपातमा प्रोटीन पनि प्रशस्त हुन्छ । यो ब्रेकडाउन हुँदा शरीरको तापक्रम बढ्छ र शरीरको हर्मोन परिवर्तन हुन थाल्छ ।

क्याफिनः चिया र कफी पिउने सोख भएका मानिसलाई गर्मीमा चाहिँ हानी पुग्छ । चियाकफीले शरीरमा गर्मी उत्पन्न गर्छ र हर्मोन परिवर्तन हुन थाल्छ अनि शरीरको तापक्रम बढ्छ । गर्मीमा कोल्ड कफी र आइस्ड टी पिएको राम्रो हुन्छ ।

तैलीय खानाः गर्मीमा तेलमा तारेको खानेकुरा नखाएको राम्रो हुन्छ । समोसा, पकौडा, चिप्स खाँदा पाचनसम्बन्धी समस्या हुन्छ । हलुका बिस्कुट खाने गर्नुस् । (gnewsnepal.com बाट सभार)

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.