सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

बालबालिकाका लागि जरुरी केही कुराहरु !!

अहिले अधिकांश बालबच्चा आफ्ना आमाबुवासँगै छन् । उनीहरुको नियमित पढाई छुटेको छ । घरबाहिर हिँडडुल गर्ने, घुम्ने, खेल्ने अनुकुलता छैन । यस्तो अवस्थामा उनीहरुको लागि अभिभावक नै शिक्षक र घर नै विद्यालय हुनसक्छ । अभिभावक र आफ्नो घरबाट उनीहरु जीवनोपयोगी कुराहरु आर्जन गर्न सक्छन् ।

परिस्थितीसँग जुध्न

सधैभरी खुशी हुनु जत्तिको राम्रो अरु के होला ? तर कहिले काहीँ जीवनमा यस्ता परिस्थितिहरु पनि आइदिन्छन्, जसलाई हामीले चाहेर नर्कान सक्दैनौ ।

World Link Ads
Mahakali Polytechnic

बालबालिकालाई सानै उमेरदेखि यस्ता परिस्थितिको सामना गर्न सिकाएर तथा यस्ता परिस्थितिमा कसरी आफूलाई प्रस्तुत गर्ने भन्ने सिकाएर पनि यो परिस्थितिबाट बाहिर निकाल्न सकिन्छ । जसले गर्दा उनीहरु जवीनभर खुशी र सुखी रहन सक्दछन् ।

पुर्नप्रयोग र जतन गर्न

विभिन्न सामानको पुर्नप्रयोग गरे पनि हामी पर्यावरणलाई स्वस्थ राख्न मद्दत गर्छौ । यसबाहेक, पुर्नप्रयोगले बालबािलकालाई सिर्जनात्मक हुन तथा साइकोमोट्रिसिटी हुन सिकाउँछ । उनीहरुलाई यसले ज्ञान दिन्छ, आफ्नो कला कौशलतालाई लागु गर्न लाखौ रुपैयाँ खर्चनु पर्दैन । यही कुरालाई मध्यनजर गरेर स्पेनका स्कुलहरुमा पुर्नप्रयोगलाई विशेष महत्व दिइने गरिन्छ ।

खाना पकाउन

खाना पकाउदा बालबालिकालाई समावेश गरेर हामी आफू र बच्चाबीच सुमधुर सम्बन्ध कायम गर्न सक्दछौ । विशेषगरी, जब उनीहरुलाई खाना तयार पार्दा सँगै राख्छौ, तब उनीहरुलाई खानाको महत्वबारे थाहा हुन्छ र उनीहरु जंकफुडको सेवन कम गर्छन् । त्यसैले खाना पकाउँदा प्रत्येक खानाको महत्वबारे उनीहरुलाई बताउनोस् ।

Sana Kishan

पैसाको वचत

जति जति मानिस ठूलो हुँदै जान्छ, उनीहरुमा आर्थिक जिम्मेवारी पनि बढ्न थाल्छ । त्यस्तो अवस्थामा हामीले रकमको व्यवस्थापन सही तरीकाले नगर्ने हो भने ठूलो संकट आउन सक्छ । त्यसैले, बच्चाहरुलाई सानो बेलादेखि नै पैसाको महत्वबारे बुझाउनु र पैसाको वचत गर्न सिकाउनु प्रत्येक अभिभावकको कर्तव्य हो ।

माटोमा रमाउन

हामी धेरैजसो माटोबाट बच्चालाई संक्रमण हुन सक्छ भन्ने मान्छौं । यसैले हामी आफ्नो बच्चालाई माटोमा खेल्न दिँदैनौं । तर, माटोमा संक्रमण फैलाउने मात्रै होइन स्वास्थ्य मैत्री ब्याक्टेरिया पनि हुन्छन जसले बच्चालाई मानसिक र शारीरिक फाइदा पुर्याउँछ । स्वास्थ्य मैत्री ब्याक्टेरियाको कारण माटोमा खेलेका बच्चा बलिया हुन्छन् ।

बच्चामा रचनात्मकता बढाउनको लागि माटो र खुला वातावरणमा खेल्न दिनुपर्छ । यसले बच्चाको शरीर त मजबुत हुन्छ साथै उनीहरुलाई केही अलग र रचनात्मक काम गर्ने शक्ति पनि बढ्छ ।

नाचगान

कार्लस्टाड विश्वविद्यालयले गरेको एक अध्ययन अनुसार नाचगानले हाइपर एक्टिभ बालबालिकाको प्रदर्शनमा निकै सुधार ल्याउँछ । नाचगानले उनीहरुलाई आफ्नो शरीरद्धारा कुनै पनि कुरालाई राम्ररी व्यक्त गर्न मद्दत

गर्छ भने संगीतले उनीहरुलाई सिर्जनात्मक हुन, सामाजिक हुन तथा आत्मबल बढाउँछ । नाचगानले बच्चहरुलाई विभिन्न कला संस्कृतिबारे अवगत हुन तथा फराकिलो विचारधारा कायम राख्न सहयोग पु¥याउँछ । (अनलाइनखबर बाट सभार)

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.