सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

पहिरोले गुल्मीमा दुई घर भत्किए, एकजना घाइते

गुल्मी : लगातार तीनदेखि परेको अविरल वर्षाका कारण जिल्लाको इस्मा गाउँपालिका –५ स्थित मैदानमा राजेश परियारको घर भत्किँदा एक महिला घाइते भएकी छिन् ।

बन्दै गरेको घर भत्किएर राजेशकी श्रीमती २९ वर्षीया जानकी परियार घाइते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । घाइतेको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक पुरुषोत्तम पाण्डेले जानकारी दिए ।

Sana Kishan

यस्तै, सोही गाउँपालिका–१ स्थित उजुङ्गका छत्रबहादुर पछाईको घर पहिरोले भत्किएको छ । घरमाथिबाट पहिरोसहित खसेको ढुंगाले घरमा पूर्णरुपमा क्षति पुगेको ईस्मा गाउँपालिकाले जनाएको छ । परिवारलाई सुरक्षित स्थानमा सारिएको गाउँपालिकाले जनाएको छ ।

World Link Ads
Mahakali Polytechnic

लगातारको वर्षाका कारण जिल्लाका दर्जनबढी सडक अवरुद्ध भएका छन् । (गंगा खड्काले annapurnapost.com मा लेखेका छन्)

Dirghayu Ads

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.