सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

कर्णालीः विपक्षमा मतदान गर्ने एमालेको निर्णय

सुर्खेत : नेकपा एमालेले कर्णाली प्रदेश सरकारले ल्याएको नीति तथा कार्यक्रमको विपक्षमा मतदान गर्ने भएको छ । मंगलबार बसेको एमालेको कर्णाली प्रदेशसभा संसदीय दलको सरकारले ल्याएको नीति तथा कार्यक्रमको विपक्षमा मतदान गर्ने निर्णय गरेको एमाले सांसद सुशील कुमार थापाले जानकारी दिए ।

Sana Kishan

बैठकमा फ्लोर क्रस गरेका सांसद प्रकाश ज्वालासहित १६ जना सांसद सहभागी भएका थिए । बैठकमा पार्टीको निर्देशन अवज्ञा गरी मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने चारजना सांसदमध्ये ज्वाला बाहेक अन्य तीन जना सांसद अम्मरबहादुर थापा, नन्दसिंह बुढा र कुर्मराज शाही भने बैठकमा सहभागी भएनन् । तीनजना कर्णाली कर्णाली प्रदेश सरकारका मन्त्री हुन् । कर्णाली प्रदेश सरकारले मंगलबार नै नीति तथा कार्यक्रम पास गरेर बजेट ल्याउने तयारी गरेको छ ।

आज दिउँसो ४ बजे आर्थिम मामिला तथा योजनामन्त्री गोपाल शर्माले संसदमा बजेट पेश गर्ने कार्यतालिका रहेको छ । तर नीति तथा कार्यक्रम नै पास हुने÷नहुने अन्योलता भने बढेको छ । ईन्फो खबर

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.