सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

असार महिनादेखि चम्किदैछ यी राशिको भाग्य, तपाईको कुन ? हेर्नुहोस् मासिक राशिफल !!

आफ्नो भविष्यका बारेमा थाहा पाउने जो कोहीको चाहाना हुने गर्छ। ज्योतिषशास्त्रमा राशिफलले पनि तपाईको भविष्य बताउने गर्छ। त्यसैले हामीले तपाईका सामु २०७८ साल असार महिनाको मासिक राशिफल लिएर आएका छौँ। असार महिलामा केही राशिको भाग्य चम्किदैछ भने केही राशि सावधान रहनुपर्ने देखिन्छ ।

आउनुहोस् हेरौँ मासिक राशिफलः

मेषः मेष राशिका लागि यो महिना सुखद् रहनेछ। आर्थिक उन्नतिका साथै भौतिक वस्तुबाट लाभ रहनेछ। मित्र सुख मिल्नेछ। शत्रु पक्ष दुर्वल देखिन्छन्। नयाँ कार्य गर्ने उत्साह मनमा छाउनेछ। पारिवारिक सुख मिल्नुका साथै यात्राका योग पनि देखिन्छन्।

World Link Ads
Mahakali Polytechnic

प्रेममा पारख बढ्नेछ। आय आर्जनका स्रोत बढ्नुका साथै सन्तति सुख पनि प्राप्त हुने देखिन्छ । विद्या एवं स्वास्थ्यको क्षेत्र सबल रहनेछ।

बृषः वृष राशिका लागि यो महिना फलदायी रहनेछ। महिनको पूर्वाद्र्धमा शत्रुपक्ष सबल रहनेछन्। कार्यक्षेत्रमा पनि केही संघर्ष गर्नुपर्ने देखिन्छ । व्यवसायिक दृष्टिले महिनाको उत्तराद्र्ध लाभदायी रहनेछ । धातुजन्य वस्तु लाभदायी रहनेछन् ।

विद्याको क्षेत्र सफल रहनेछ । कला सृजनाका साथै अध्ययनमा विशेष संलग्नता रहनेछ । वाक्कलामा वृद्धि देखिन्छ । धातुजन्य वस्तु यो महिना लाभदायी रहनेछन् । आफन्त जनबाट पनि साथ सहयोग मिल्नेछ । स्वास्थ्यमा भने सजगता अपनाउनु उपयुक्त हुने देखिन्छ ।

मिथुनः मिथुन राशिका लागि यो महिना उन्नतिदायी रहनेछ । विशेष यात्राका योग देखिन्छन् । वृत्ति लाभका साथै नयाँ कार्य व्यवसायमा मन प्रवृत्त रहनेछ । भौतक वस्तु लाभदायी रहनेछन् । गृह सुख मिल्नुका साथै धार्मिक कार्यमा अधिक संलग्नता रहनेछ ।

आध्यात्मिक दृष्टिले पनि महिना सुखद् देखिन्छ । प्राज्ञिक कार्यमा रुचि जाग्नेछ । शत्रु पक्ष भने यो महिना सक्रिय रहनसक्नेछन् । कार्यमा सजग रहनु नै उचित हुनेछ । प्रेमका दृष्टिले भने यो महिना उन्नतिदायी नै रहने देखिन्छ ।

कर्कटःकर्कट राशिका लागि यो महिना मिश्रित रहनेछ । कार्यक्षेत्रमा संघर्षका साथै खर्चमा पनि वृद्धि हुनसक्ने देखिन्छ । महिनाको उत्तराद्र्धबाट समय सुखद् बन्दै जानेछ । सामाजिक कार्यमा रुचि रहनेछ।

बोलिको विशेष प्रभाव रहनुका साथै राजनीतिक क्षेत्रमा सफलता मिल्नेछ । अध्ययन अध्यापनमा सफलताका साथै कला साहित्यमा विशेष आकर्षण रहने देखिन्छ । पारिवारिक सुख मिल्नेछ । स्वास्थ्यमा भने सजग रहनु नै उचित रहनेछ । प्रेम जीवन यो महिना मध्यम फलदायी रहने देखिन्छ ।

सिंहः सिंह राशिका लागि यो महिना सुखद् रहनेछ । आर्थिक उन्नतिका सथै कार्यक्षेत्रमा पनि सफलता मिल्ने देखिन्छ । स्वास्थ्यको क्षेत्र सबल रहनेछ । आर्थिक वृद्धिका परिसूचकहरू देखा पर्नेछन् । अध्ययन अध्यापनको क्षेत्र फलदायी रहनेछ ।

व्यापार व्यवसायमा वृद्धि हुनेछ । धार्मिक सामाजिक कार्यमा विशेष रुचि जाग्नेछ । पारिवारिक सुख मिल्नुका साथै सन्ततिप्रेम बढ्नेछ । प्रेम जीवन पारखिलो रहनेछ । सम्बन्धमा पनि प्रगाढता थपिनेछ । जलीय वस्तुबाट विशेष लाभ रहने यो महिनको राशिफल रहेको छ ।

कन्याः कन्या राशिका लागि यो महिना उल्लेख्य रहनेछ । कर्मप्राप्तिका योग देखिन्छन् । व्यापार व्यवसायमा वृद्धि हुनुका साथै नयाँ कार्य योजनमा मन अग्रसर रहनेछ । विद्याको क्षेत्र पनि यो महिना उन्नत रहनेछ । शत्रु निर्वल रहनेछन् ।

Sana Kishan

कीर्ति वृद्धि हुनुका साथै कार्योन्नतिका योग पनि देखिन्छन् । पारिवारिक साथ सहयोगले उल्लेख्य कार्य सम्पादन हुने देखिन्छ । धार्मिक आध्यात्मिक क्षेत्र पनि सफल नै देखिन्छ । आयमा वृद्धिहुने यो महिनाको राशिफल रहेको छ ।

तुलाः तुला राशिका लागि यो महिना फलदायी रहनेछ । कार्यक्षत्रेमा संघर्ष गर्नुपरे पनि प्रतिफल सुखद् रहनेछ । आर्थिक पक्ष सबल देखिन्छ । वाक् क्षेत्रमा भने संयम अपनाउनु नै उचित हुनेछ । शत्रु पक्षको सक्रियताले कार्यमा अधिक समय खर्चिनुपर्ने देखिन्छ ।

कला साहित्यको क्षेत्र उत्तम रहनेछ । कलाका क्षेत्रमा विशेष रुचि जाग्नेछ । यात्राका अवसर पनि मिल्नेछन् । आफन्तजनबाट पनि विशेष लाभ हुने देखिन्छ । सामाजिक कार्यमा मन अभिप्रेरित रहनेछ । प्रेममा पारख रहनुका सृजनात्मक कार्यमा संलग्नता रहने महिनाको राशिफल रहनेछ ।

बृश्चिकः वृश्चिक राशिका लागि यो महिना मिश्रित फलदायी रहनेछ । आफन्तजनबाट साथ सहयोग प्राप्त हुनेछ । प्राज्ञिक क्षेत्र यो महिना लाभदायी रहनेछ । बौद्धिक कार्यमा संलग्नता रहनुका साथै कला सृजननमा पनि सफलता मिल्नेछ ।

सन्तान सुख मिल्नुका साथै उल्लेख्य कार्य सम्पादन हुने देखिन्छ । स्वास्थ्यको क्षेत्र मध्यम फलदायी रहनेछ । कार्यक्षेत्रमा अधिक संलग्नता रहने देखिन्छ । भौतिक वस्तु मध्यम फलदायी रहनेछन् । शत्रु पक्ष सबल रहनुका साथै खर्चमा पनि वृद्धि हुनसक्ने देखिन्छ।

धनुः धनु राशिका लागि यो महिना यात्रादायी रहनेछ । कार्य प्राप्तिका साथै आर्थिक उन्नतिका योग पनि देखिन्छन् । भौतिक वस्तु लाभदायी रहनेछन् । व्यापार व्यवसायमा वृद्धिका साथै जलीय वस्तु विशेष लाभदायी रहनेछन् ।

राजनीतिक क्षेत्र पनि यो महिना उन्नत नै रहनेछ । बोलीमा ओज बढ्नेछ । स्वास्थ्यको क्षेत्र मध्यम देखिन्छ । जलीय वस्तुबाट सजग रहनु उचित हुनेछ । धार्मिक कार्यमा पनि चाख बढ्नेछ । प्रेम प्रणयका दृष्टिले महिनाको उत्तराद्र्ध सुखद् रहने देखिन्छ।

मकरः मकर राशिका लागि यो महिना फलदायी रहनेछ । बौद्धिक कार्यमा रुचि जाग्नेछ । व्यापार बढ्नुका साथै व्यवसायबाट पनि लाभ हुने देखिन्छ । वाक्कलामा वृद्धि हुनेछ। शत्रु पक्ष निस्तेज रहनेछन् ।

मित्र जनबाट साथ सहयोग मिल्नुका साथै नयाँ कार्यमा संलग्नता रहनेछ। आफन्त एवं परिवारजनबाट साथ सहयोग प्राप्त हुनेछ । अध्ययन अध्यापनको क्षेत्र फलदायी रहनेछ । कला साहित्यमा पनि संलग्नता रहनेछ । स्वास्थ्यमा सजग रहनु नै उचित हुने मासिक राशिफल रहेको छ ।

कुम्भः कुम्भ राशिका लागि यो महिना मिश्रित फलदायी रहनेछ । धनको क्षेत्र सबल देखिन्छ । पराक्रम बढ्नुका कार्य प्राप्तिका योग देखिन्छन् । मित्र जनको साथ सहयोग मिल्नुका साथै उल्लेख्य कार्य सम्पादन हुनेछ ।

अध्ययन अध्यापनको क्षेत्रमा सफलता मिल्ने देखिन्छ । प्रेम जीवन मध्यम फलदायी रहनेछ । महिनको पूर्वद्र्ध कार्य प्रकृतिका दृष्टिले संघर्षदायी रहनेछ । शत्रु पक्षको प्रभावले कार्यमा विलम्ब गराउन सक्नेछ । स्वास्थ्यमा पनि सजग रहनु उचित हुनेछ।

मीनः मीन राशिका लागि यो महिना फलदायी रहनेछ । कार्यक्षेत्रमा संघर्ष गर्नुपरे पनि परिणम सुखद् नै रहने देखिन्छ । आर्थिक क्षेत्र मध्यम फलदायी रहनेछ । पारिवारिक साथ सहयोग मिल्नुका साथै कार्य क्षेत्रमा सफलता हात पर्ने देखिन्छ । भौतिक वस्तु लाभदायी रहनेछन् । मित्र सुख मिल्नुका साथै प्रेममा पनि पारख बढ्नेछ।

शत्रु पक्ष भने सबल रहनसक्नेछन् । स्वास्थ्यको क्षेत्र पनि यो महिना मध्यम फलदायी रहनेछ। शीतजन्य वस्तुबाट सजग रहनु नै उचित हुनेछ । कला साहित्यमा भने महिना सफल रहनेछ । महिनाको उत्तराद्र्धबाट कार्यप्राप्तिका साथै आर्थिक वृद्धिका हुने महिनाको राशिफल रहेको छ। (nayapusta.com बाट सभार)

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.