सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

बैतडीको सिवनाथ गाउँपालिका वार्ड नं २ मा खानेपानीको अभाव

बैतडी – जिल्लाको सिवनाथ गाउँपालिका वार्ड न।२ बसकोटीमा खानेपानीको अभाव भएको छ । आज भन्दा धेरै वर्ष पहिले खानेपानीको योजना आएर घरघरमा धराहरु जोडेर खानेपानी सञ्चालनमा आएको थियो । तर खानेपानी सञ्चालनमा आएको केहि वर्षमै खानेपानीको मुल सुक्दा समस्या भएको हो । करिब १–२ किलोमिटर टाढाको बाटोमा हिनेर कुवाबाट पानी बोकेर ल्याउनुका साथै पानीको अभावले पालो पर्खेर पानी भर्नुपर्ने बाध्यता रहेको थियो ।

वर्षातका कारण आजभोली कुवा पुरै पुरिनुका साथै पानीको मुलनै बन्द भएको छ । सन्बन्धि निकायहरुलाई पटक–पटक भनिसक्दा समेत कुनै चासो देखाएको छैन् । स्थानिय बासिन्दा अहिले करिक २–३ घण्टा बाटो हिनेर खोलाको दुसित पानी पिउन बाध्य भएको स्थानिय पुष्कर साउँदले बताउनु भयो । गाउँ–गाउँमा सिंहदरवार आयो तर हाम्रो लागि आएन, आफुले भोट हालेर जिताएका जनप्रतिनिथिहरुले हाम्रो पिडा नबुझेको भन्दै स्थानियले दुखेसो पोखेका छन् ।

Sana Kishan

विश्व माहामारीको रुपमा फैली रहेको कोरोना भाइरसको डर भन्दा हामीले पानी पिउन नपाई मरिन्छ कि भन्ने डर अहिले त्यहाँका स्थानियलाई भएको छ । यदि हाम्रो पिडा कसैले नबुझे हामी आन्दोलन गर्न बाध्य हुने स्थानियले चेतावनी दिएका छन् । (शकुन्तला साउँदले godawarinews.com मा लेखेका छन्)

World Link Ads
Mahakali Polytechnic

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.