सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

यस्तो छ, छोटो समयमा वैज्ञानिक तरीकाले शरीरको तौल घटाउने तरीका !!

बढ्दै गरेको तौल अहिलेका पुस्ताका लागि सबैभन्दा ठूलो चिन्ताको विषय हो । अहिलेको जिवनशैली र खानपानको तरिकाले तौल बढ्दै जाने र विभिन्न रोग लाग्ने जोखिम अत्याधिक हुने भएकाले यसलाई घटाउनु जरुरी छ । तर एक पटक बढेको तौल घटाउन निकै मुस्किल हुने गरेको छ । नयाँ अनुसन्धानका अनुसार तपाईं आफ्नो वजन घटाउन चाहनुहुन्छ त्यसका लागि सजिलो तरिका वैज्ञानिकले पत्ता लगाएका छन् । त्यसका लागि अरु केही गर्नु पर्दैन तपाईले खाना खाने गति कम गर्नुपर्नेछ ।

अध्ययन अनुसार तौल घटाउन खाना बिस्तारै बिस्तारै चपाएर खाने बानी बसाल्नुपर्छ। ब्रिस्टल र रोहेम्प्टन विश्वविद्यालयले गरेको अनुसन्धानले यस्तो दाबी गरेको हो। अनुसन्धानअनुसार जसले खाना छिटो छिटो खान्छ, उसको तौल बढी हुने जोखिम ज्यादै हुन्छ।

अनुसन्धानकर्ताले आफ्नो अनुसन्धानमा खाना खाने गति र शरीरको तौलबीचको सम्बन्धबारे वर्णन गरेका छन्। ८०० बच्चा एवं वयस्कर व्यक्तिमा गरिएको अनुसन्धान भन्छ– जसले खाना हतारहतार खान्छ उसको कम्मरको मोटाइ र मांसपेशीको मात्रा बढ्छ।

World Link Ads
Mahakali Polytechnic
Sana Kishan

अनुसन्धानकर्ता डाक्टर गिब्सन भन्छन्, ‘हाम्रो अनुसन्धानले भन्छ– बच्चा तथा वयस्क व्यक्तिले आफ्नो खानाको गुणस्तर तथा खाने शैली पनि बदल्न जरुरी छ। खाना खाने गति घटाउने हो भने कम्मरको मोटाइ रोक्न सकिन्छ।

बेलायतमा ४ देखि ५ वर्षसम्मका हरेक १० बच्चामध्ये एक जनामा मोटोपनको समस्या छ। त्यस्तै १० देखि ११ वर्षसम्मका हरेक ५ बच्चामा एक जना मोटोपनबाट पी डि त छन्। बेलायत हेल्थ एजेन्सीका अनुसार ६७ प्रतिशत पुरुष र ६० प्रतिशत महिला मोटोपनको समस्याले पीडित छन्। (gnewsnepal.com बाट सभार)

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.