सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

खुवालुङ ढुङ्गा मात्रै होइन, यसको संरक्षण गर्नुपर्छ : मुख्यमन्त्री शेरधन राई

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले किरात समुदायको साँस्कृतिक महत्व बोकेको खुवालुङ ढुङ्गाको संरक्षण गर्ने बताएका छन् ।

संघीय सरकारको बजेटमा जलयातायात सञ्चालनमा रहेको अवरोध हटाउने उल्लेख भएकाले किरात समुदायले खुवालुङ फुटाउन खोजेको भन्दै विरोध जनाइरहेका छन् । आइतबार प्रदेश १ को प्रदेशसभामा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै मुख्यमन्त्री राईले खुवालुङको संरक्षण गर्ने बताएका हुन् ।

‘हामीले थाहा पाउनुपर्छ, बुझ्नुपर्छ खुवालुङ ढुङ्गा मात्रै हो भने फुटाउन योग्यभित्र पथ्र्याे,’ उनले भने ‘ तर त्यो ढुङ्गा मात्र होइन रहेछ, किरात समुदायको संस्कृतिसँग, मन्धुम र सभ्यतासँग जोडिएको ढुङ्गा रहेछ भन्दा कसरी फुट्छ ?’

World Link Ads
Mahakali Polytechnic
Sana Kishan

धनकुटा, भोजपुर र उदयपुर जिल्लाको सीमानामा अरुण, तमोर र दूधकोशीको संगममा रहेको ठूलो ढुंगा खुवालुङको नामले प्रसिद्ध छ । संघीय सरकारले जल यातायात सञ्चालनका लागि उक्त ढुंगा फुटाउने बताउँदै आएको थियो । तर किरात समुदायले आफूहरुको संस्कृतिसँग जोडिएको भन्दै फुटाउन नहुने माग गरेका छन् ।

मुख्यमन्त्रीए राईले खुवालुङ संरक्षण गर्नुपर्ने बताए । ‘त्यस ठाउँको संरक्षण गर्नुको विकल्प छैन, किनभने त्यो ढुङ्गा मात्रै होइन रहेछ,’ उनले भने, ‘अरु ढुङ्गाहरु कहाँकहाँ छन् पन्छाउनुपर्छ, फुटाउनुपर्छ ।’ (अनलाइनखबर बाट सभार)

 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.