सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

विश्वकप छनोट खेल्न कुवेत पुगेको नेपाली टोली आज स्वदेश फर्किँदै

काठमाण्डौ – फिफा विश्वकप तथा एसियन कप छनोटको बाँकी खेलका लागि कुवेत पुगेको नेपाली राष्ट्रिय फुटबल टोली आज स्वदेश आइपुग्ने भएको छ । नेपाली टोली कुवेतबाट कतारको दोहा हुँदै काठमाण्डौ ओर्लने छ । नेपालले चाइनिज ताइपेइलाई २–० गोल अन्तरले हराएको थियो भने जोर्डन र अस्ट्रेलियासँग ३–० गोल अन्तरले पराजित भएको थियो ।

Sana Kishan

छनोटको खेलअघि इराकसँग भएको मैत्रीपूर्ण खेलमा नेपाल ६–२ गोल अन्तरले पराजित भएको थियो । छनोटको समूह ’बी’मा रहेको नेपालले ८ खेलमा ६ अङ्क जोड्यो । नेपालको विश्वकपको तेस्रो चरण पुग्ने सम्भावना सकिसकेको छ तर प्ले अफबाट एसियन कपको तेस्रो चरणमा पुग्ने सम्भावना भने बाँकी रहेको छ । (ujyaaloonline.com बाट सभार)

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.