सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

उच्च रक्तचाप : कुन अवस्थामा बढी खतरा ?

शरीरका रक्तनलीहरूमा रगतको चाप बढी हुनु नै उच्च रक्तचाप हो । नलीहरूमा रगतको वेग सामान्यभन्दा बढी हुनु नै उच्च रक्तचाप हो । यसले शरीरका जुनकुनै अंगमा हानि पु–याउन सक्छ ।

मस्तिष्कघात, पक्षघात, हर्टअट्याक, मिर्गौला ड्यामेजजस्ता समस्या उच्च रक्तचापका कारण हुन सक्छ । त्यसैले रक्तचाप जहिल्यै नियन्त्रणमा राख्नुपर्छ ।उच्च रक्तचापका असर;–उच्च रक्तचापले विभिन्न समस्या निम्त्याउँछ । यो अवस्थामा रक्तनलीहरू आवश्यकताभन्दा बढी तन्किन गई फुट्न सक्छन् ।

–उच्च रक्तचापले दिमागभित्रका रक्तनली पनि फुट्न सक्छन् । दिमागका रक्तनली फुटे मस्तिस्कघात, पक्षघात हुन्छ ।–उच्च रक्तचापले मुटुको रक्तनली पनि फुटाइदिन्छ । रक्तनली फुट्दा हृदयाघात हुन्छ ।–रक्तचाप उच्च हुँदा आँखाको रक्तनली फुटेर अन्धोपन गराइदिन सक्छ । यस्तै, मिर्गौलाको रक्तनली फुटे मिर्गौला फेल हुन्छ ।

World Link Ads
Mahakali Polytechnic

कुन अवस्थामा बढी खतरा ?उच्च रक्तचापको समस्या भएका मानिसमा जुनसुकै समय रक्तनलीहरू फुट्न सक्छन् । विशेषगरी, मानसिक तनाव भएको वेला, धेरै खुसी वा दुुःखी भएको वेला, धेरै शारीरिक श्रम गरेको वेला तथा अत्यधिक मद्यपान वा धूमपान गरेका वेला रक्तनलीहरू फुट्ने खतरा बढी रहन्छ ।

धेरै चिसो हावामा हिँडेको वेला पनि रक्तचाप बढ्न गई रक्तनली फुट्न सक्छ । यी अवस्थामा मानिसको मृत्युसमेत हुन सक्छ ।कसरी नियन्त्रण गर्ने ? उच्च रक्तचाप हुन नदिन र भइसकेको अवस्थामा पनि उपचार र जीवनशैली परिवर्तन गर्न सके खतराबाट धेरै हदसम्म बच्न सकिन्छ । तनावपूर्ण दैनिकी उच्च रक्तचापको एउटा मुख्य कारण हो ।

Sana Kishan

सहरीकरणले जन्माएको उच्च आकांक्षा, व्यस्तता, प्रतिस्पर्धा, इर्स्या, अभाव र कार्यबोझले मानिसलाई तनावग्रस्त बनाएको छ । त्यसैले यस्ता तनावबाट मुक्त हुन कोसिस गर्नुपर्छ ।स्वच्छ हावामा गरिने नियमित शारीरिक व्यायामले तनाव कम गर्न सकिन्छ । साथै, चिकित्सकको सल्लाहमा गरिने ध्यान, प्राणायाम, योगले पनि तनाव कम गर्न सहयोग गर्छ ।

नुनिलो, चिल्लो, गुलियो र मसलेदार खानाबाट टाढै रहनु राम्रो हुन्छ । सामान्य खानपानले उच्च रक्तचापलाई धेरै हदसम्म नियन्त्रण गर्न सक्छ ।मोटोपन पनि उच्च रक्तचापको एउटा प्रमुख कारण हो । दैनिक ४५ मिनेटजति हिँड्दा वा जुनसुकै किसिमका व्यायाम गर्दा उच्च रक्तचाप नियन्त्रणमा फाइदा पुग्छ ।

मदिरापान नगर्नु वा ज्यादै कम मात्र गर्नु, धूमपान त्याग्नु पनि उच्च रक्तचाप नियन्त्रणका महत्वपूर्ण उपाय हुन् ।उच्च रक्तचापले शरीरका अन्य महत्वपूर्ण अंगलाई पनि निकै छिटो क्षति पु¥याउने भएकाले समस्या भइसकेका व्यक्तिले नियमित औषधि सेवन गर्नुपर्छ ।

उच्च रक्तचापका लक्षण देखिए मुटुरोग विशेषज्ञलाई देखाउनु राम्रो हुन्छ । तर, तत्काल मुटुरोग विशेषज्ञ उपलब्ध नभए जनरल फिजिसियनसँग पनि उपचार गराउन सकिन्छ । (gnewsnepal.com बाट सभार)

 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.