सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

बैतडी: आजदेखि कोरोना विरुद्धको भेरोसेल खोप लगाइँदै

बैतडी – बैतडीमा आज देखि ६२ देखि ६४ बर्ष उमेर समूहका नागरिकलाई कोरोना विरुद्धको भेरोसेल खोप लगाइँदैछ । आज जिल्लाका ३ ओटा स्थानीय तहका नागरिकलाई कोरोना विरुद्धको भेरोसेल खोप लगाउने तयारी भएकोे स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए । उनले भने ‘देशका अन्य ठाउँमा जेठ २५ गतेबाट खोप अभियान शुरु भएपनि हामीले आजबाट यो अभियान शुरु गरेका छौं । शुरुमा ६०देखि ६४ बर्षका नागरिकलाई खोप लगाउने भनेपनि पछि संशोधन भएर ६२ देखि ६४ बर्षका नागरिकलाई खोप लगाउने भनिएको छ । त्यसको व्यवस्थापन गर्न हामीले आजबाट खोप अभियान शुरु गरेका हौं ।’

जिल्लाको दशरथचन्द नगरपालिका, दोगडाकेदार गाउँपालिका र डिलाशैनी गाउँपालिकामा आज ६२ देखि ६४ बर्ष उमेर समूहका नागरिकलाई खोप लगाइने छ ।

खोप अभियान शुरु हुने पालिकामा आवश्यकता अनुसारको खोप बिहीबार नै पुगिसकेको स्वास्थ्य कार्यालयका खोप सुपरभाईजर निरीक्षक हरिश भट्टले जानकारी दिए । उनले भने ‘हामीले आज खोप अभियान सञ्चालन हुने तिनै पालिकाका प्रत्येक स्वास्थ्य संस्थामा हिजो नै खोप पठाईसकेका छौं ।’

World Link Ads
Mahakali Polytechnic
Sana Kishan

मेलौली नगरपालिका, शिवनाथ गाउँपालिका र पञ्चेश्वर गाउँपालिकामा जेठ ३० गते खोप लगाइनेछ । यस्तै पाटन नगरपालिका, पुर्चौंडी नगरपालिका, सिगास गाउँपालिका र सुर्नया गाउँपालिकामा असार १ गते खोप लगाइने स्वास्थ्य कार्यालयका खोप सुपरभाईजर निरीक्षक भट्टले जानकारी दिए । जिल्लाका प्रत्येक वडाका स्वास्थ्यचौकीमा खोप केन्द्र तोकिएका उनले बताए ।

Dirghayu Ads

बैतडीमा ६२ देखि ६४ बर्ष उमेर समूहका नागरिक करीब ३ हजार ५ सय जना रहेका अनुमान गरिएको छ । भेरोसेलको दोश्रो मात्रा २८ दिनभित्र दिईसक्नुपर्ने स्वास्थ्य कार्यालयका खोप सुपरभाईजर निरीक्षक भट्टले जानकारी दिए ।

खोप लगाउन आउँदा आफ्नो उमेर खुल्ने प्रमाणपत्र साथमा लिएर आउन हुन समेत आग्रह गरिएको छ । यस्तै खोप लगाउन आउँदा र खोप लगाउँदा स्वास्थ्यका मापदण्ड अनिवार्य रुपमा पालना गर्न समेत स्वास्थ्य कार्यालयले आग्रह समेत गरेको छ । (सगुन खबर बाट सभार)

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.