सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

नागरिक एपमा समस्या आए भाइबरबाट गुनासो गर्न सकिने

काठमाडौँ – ‘सञ्चार र सूचना प्रविधिको टेवा, हात हातमै सरकारी सेवा’ भन्ने नाराका साथ सार्वजनिक गरिएको ‘नागरिक एप’ का प्रयोगकर्ताले भाइबरबाटै समस्या र जिज्ञासाहरू टिपाउन पाउने भएका छन् । सरकारले पूर्णरूपमा सार्वजनिक गरेको उक्त एप सञ्चालनमा देखिएका समस्या समाधानका लागि भाइबर हेल्प हेस्क शुरु गरेको हो ।

एपका प्रयोगकर्ताले एपको अफिसियल मोबाइल नम्बर +९७७–११२२३३४४५५ मा गुनासो तथा जिज्ञासा म्यासेज गरेर (मार्फत) टिपाउन सक्ने राष्ट्रिय सूचना प्रविधि केन्द्रले जनाएको छ । केन्द्रका सूचना अधिकारी रमेशप्रसाद पोखरेलका अनुसार ११०१ वा ०१–५९७००४६ मा फोन गरेर समस्या टिपाउन सकिनेछ । गत माघ २ गते बेटा भर्सनको रूपमा सार्वजनिक भएको नागरिक एप गत वैशाख १९ गते पूर्णरूपमा सार्वजनिक गरिएको हो ।
नेपाल सरकारद्वारा प्रदान गरिने सबै किसीमका सेवालाई डिजिटलाइज गरी एकीकृत प्लेटफर्मबाट सेवाप्रवाह गर्ने भन्दै नागरिक एप सञ्चालनमा ल्याइएको थियो ।

Sana Kishan

पछिल्लो समय एपमा ‘पोलिस क्लियरेन्स रिपोर्ट’ र स्वास्थ्य बीमा कार्यक्रमसमेत नागरिक एपमा थपिएका छन् । एपबाटै ‘क्युआर स्क्यान’ गरेर नेपाल बैंक र सिद्धार्थ बैंकमा खाता खोल्न सकिन्छ । शुरुआती चरणमा गृह मन्त्रालय, निर्वाचन आयोग र राहदानी विभागमा रहेका विवरणलाई प्रयोग गरी उक्त एप्समा नगरिकको डिजिटल परिचय स्थापित गरिएको थियो । नागरिक एपमा पहिलो चरणमा सरकारी सेवा र दोस्रो चरणमा अर्ध सरकारी सेवाहरू समेटिने छन् । (उपहार खबर बाट सभार)

World Link Ads
Mahakali Polytechnic

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.