सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

५ हजार २९३ जना कोरोनामुक्त हुँदा ३ हजार ७४९ संक्रमित थपिए, ५९ को मृत्यु

काठमाडौं : पछिल्ला केही दिनयता कोरोनाबाट संक्रमित हुनेभन्दा निको हुनेको संख्यामा वृद्धि भएको छ। बिहीबार ५ हजार २९३ जना कोरोना भाइरस संक्रमणबाट मुक्त भएका छन्। विभिन्न अस्पताल तथा होम आइसोलेसनमा रहेका ५ हजार २९३ संक्रमित कोरोनामुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

पछिल्लो २४ घन्टामा ३ हजार ७४९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। १५ हजार २३८ नमूना परीक्षण गर्दा ३ हजार ७४९ जनामा संक्रमण पुष्टि भएको हो। ९ हजार ९०१ नमूनाको पीसीआर र ५ हजार ३३७ नमूनाको एन्टिजेन विधिबाट परीक्षण गराएको थियो।

Sana Kishan

यस्तै पछिल्लो २४ घन्टामा ५९ जनाले कोरोनाबाट ज्यान गुमाएका छन्। यो सहित कोरोनाबाट ज्यान गुमाउनेको संख्या ८ हजार २३८ पुगेको छ। (annapurnapost.com बाट सभार)

World Link Ads
Mahakali Polytechnic

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.