सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

साथी मोटरसाइकलबाट खसेर घाईते भएपछि फरार चालक अत्तरियावाट पक्राउ

कैलाली – अत्तरियावाट एक युवक पक्राउ परेका छन् । गौरीगंगा नगरपालिका वडा नम्बर ६ को कठौती चोकमा मोटर साइकल बाट खसेका आफ्नै घाइते साथिलाइ छोडर भाग्ने घोडाघोडी नगरपालीका ६ का मोटरसाइकल चालक क्षितिज चौधरीलाइ प्रहरीले अत्तरिया चोकवाट पक्राउ गरेको हो ।

प्रहरीका अनुसार क्षितिज चौधरी र करन कुमाल मंगलबार से ७ प २८७० नम्बरको मोटरसाइकलमा महेन्द्रनगर जाँदै थिए ।

मोटरसाइकल चालक चौधरीले गौरीगंगा नगरपालिका ६ को कठौती चोकमा ब्रेक लगाउँदा घोडाघोडी नगरपालिका वडा नम्बर ६ बसन्ताका १८ वर्षिय करन कुमाल मोटरसाइकल बाट खेसेका थिए । मोटरसाइकल बाट खसेका कुमाल अचेत अवस्थामा देखेपछि डराएका चौधरीले साथीलाई सडमै छोडेर भागेका थिए ।

World Link Ads
Mahakali Polytechnic
Sana Kishan

भागेर फरार भएका चौधरीलाई प्रहरीले मोटरसाईकल सहित पक्राउ गरी थप अनुसन्धान गरिहेको छ । उता सडकमा घाइते अवस्थामा रहेका कुमाललाइ स्थानियले प्रहरीलाइ खवर गरेपछि उद्धार गरेका थिए ।

Dirghayu Ads

उनको अत्तरियामा रहेको पदमा अस्पतालमा उपचार भैरहेको छ । प्रहरीका अनुसार घाइते तथा मोटरसाइकल चालकले मादकपर्दाथ सेवन गरेका थिए। (गोदावरी न्युज बाट सभार)

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.