सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

अनुहार चम्किलो बनाउन यसरी प्रयोग गर्नुहोस् घिउकुमारी !!

औषधि जन्य गुण हुने भएकोले घ्युकुमारीको प्रयोग विभिन्न सौन्दर्र्य ब्रदक उत्पादनमा गरिन्छ । मानिसहरु आफ्नो छालालाई नरम र चम्किलो बनाउनको लागि महङ्गा सौन्दर्य प्रशाधनको प्रयोग गर्ने गर्दछन् ।

यसबाट धेरै पैसा खर्च हुने हुन्छ । त्यसैले आफ्नो छालालाई सुन्दर तथा आर्कषक बनाउने कोशिश तपाइँले प्राकृतिक उपायबाट पनि गर्न सक्नुहुन्छ । यसको लागि तपाइँलाई मात्र एउटा सामाग्री घ्युकुमारीको आवश्यकता पर्दछ । यसको प्रयोगले तपाइँमा आउने परिवर्तनबाट तपाइँ पक्कै पनि आश्चर्यचकित हुनुहुनेछ ।

यसलाई प्रयोग गर्ने विधि निकै सरल छ । जुन निम्नानुसार छ ।

World Link Ads
Mahakali Polytechnic

१ – सबैभन्दा पहिला घ्युकुमारीको पातलाई सफा पानीले राम्ररी पखाल्नुहोस् ।

२ – यस्लाइ नरम बनाउनुहोस=यसपछि घ्युकुमारीको पातलाई जोडले हानेर नरम बनाउनुहोस् । यसको लागि तपाइँले बेलनको पनि प्रयोग गर्न सक्नुहुन्छ।

३ – दुई टुक्रामा काट्नुहोस=घ्युकुमारीको पातलाई नरम बनाईसकेपछि यसलाई दुई टुक्रामा काट्नुहोस् । तर यसलाई ठुलो टुक्रामा नभई आफूलाई ठिक्क हुनेगरी मात्र काट्नुहोस् ।

Sana Kishan

४ – किनारालाई काट्नुहोस=एउटा चक्कुको मद्धतले घ्युकुमारीको दुबै भागको किनारालाई काट्नुहोस् । यसपछि दुबै किनारा खुल्ला भएपछि सजिलैसँग यसलाई खुर्काउनसक्नुहुनेछ ।

५ – चिरेर दुई भागमा छुटाउनुहोस=घ्युकुमारीको पातलाई र्खुकाइसकेपछि यसलाई हातले चिर्नुहोस् । यदि चिर्न गाह्रो भएमा चक्कुको मद्धतले बीचबाट चिरेर दुई भागमा छुटाउनुहोस् ।

६ – रसलाई बाहिर निकाल्नुहोस=एउटा चम्चाको मद्धतले घ्युकुमारीको पातबाट रसलाई निकाल्नुहोस् । तपाइँले जति सक्नुहुन्छ , त्यति नै यसबाट रसलाई निकाल्न सक्नुहुन्छ । यसपछि रसलाई एउटा भाँडोमा हाल्नुहोस् ।

७ – अनुहारमा दल्नुहोस=औंलाको मद्धतले घ्युकुमारीको रसलाई आफ्नो अनुहारमा राम्ररी दल्नुहोस् । त्यसैगरी तपाइँले रसलाई घ्युकुमारीको पातले पनि अनुहारमा दल्न सक्नुहुन्छ । त्यसपछि यस फेस मास्कलाई १५ देखि २० मिनेटसम्म त्यसै छोड्नुहोस् ।

८ – अनुहारलाई राम्रो गरि पखाल्नुहोस=फेस मास्क सुकेपछि यसलाई खुर्काएर निकाल्नुहोस् । त्यसपछि अनुहारलाई सफा पानीले धुनुहोस् । तर यसको लागि कुनै साबुन वा रासायनिक वस्तुको प्रयोग भने नगर्नुहोस् ।

९ – त्यसपछि सफा रुमालले आफ्नो मुख पुछ्नुहोस् । तपाइँको अनुहार चम्किलो र सुन्दर देखिनेछ । यस उपचारको परिणामबाट तपाइँको अनुहारमा आएको परिवर्तनलाई देखि पक्कै पनि तपाइँ आश्चर्यमा पर्नुहुनेछ । अब तपाईंको अनुहार सफा अनि चम्किलो हुनेछ । (gnewsnepal.com बाट सभार)

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.