सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

प्रदेश १ सरकारले माग्यो कोरोनाविरुद्धको खोप खरिदको अनुमति

प्रदेश १ सरकारले कोरोनाविरुद्धको खोप खरिद गर्नका लागि अनुमति दिन संघीय सरकारसँग माग गरेको छ । प्रदेश १ की सामाजिक विकास मन्त्री उषाकला राईले खोप खरिदका लागि अनुमति दिन संघीय सरकारलाई आग्रह गरेकी हुन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको भर्चुअल बैठकमा मन्त्री राईले कोरोनाविरुद्धको खोप खरिदका लागि अनुमति दिए तत्काल प्रक्रिया अघि बढाउने बताइन् । ‘केन्द्रले प्रबन्ध गर्न नसक्ने भए प्रदेशलाई खरिदको अनुमति दिनुहोस्,’ उनले भनिन् ।

कोरोनाको तेस्रो लहर शुरु हुने विज्ञहरुले बताइरहेकाले चाँडो खोप लगाउनुपर्ने उनले बताइन् । प्रदेश १ का दुर्गम स्थानमा कोरोना संक्रमण फैलिंदै गएकाले यसको नियन्त्रणमा प्रदेश सरकार लागेको भन्दै उनले खोप नहुँदा काम गर्न ढिलो भएको बताइन् ।

World Link Ads
Mahakali Polytechnic
Sana Kishan

उनले प्रदेश १ का सबै जिल्ला अस्पताललाई व्यवस्थित बनाउने पनि बताइन् । ‘प्रत्येक जिल्ला अस्पतालहरुलाई सुविधा सम्पन्न बनाउने गरी अघि बढेका छौं,’ उनले भनिन् ।

विपन्न नागरिकको स्वास्थ्य उपचारलाई केन्द्रित गरी विपन्न स्वास्थ्य कार्यक्रम ल्याउने योजनामा प्रदेश सरकार रहेको उनले बताइन् । भर्चुअल बैठकमा स्वास्थ्य तथा जनसंख्या मन्त्री शेरबहादुर तामाङ, सातवटै प्रदेशका सामाजिक विकास मन्त्रीहरु, मन्त्रालयका सचिव लगायतको सहभागिता रहेको थियो । स्वास्थ्यमन्त्री तामाङ र प्रदेश १ की सामाजिक विकास मन्त्री राई श्रीमान श्रीमती हुन् । (अनलाइनखबर बाट सभार)

 

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.