सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको दाबी : २०७८ भदौमै कांग्रेसको महाधिवेशन हुन्छ

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले २०७८ भदौमा पार्टीको महाधिवेशन हुने बताएका छन् ।

उनले बुधबार एक वक्तव्य जारी गर्दै भनेका छन् ‘पार्टीको महाधिवेशन प्राविधिक वा प्रशासनिक विषय मात्र नभएर यो एक महत्वपूर्ण राजनीतिक अभियान हो र पार्टीको जिवन्तताका लागि महायज्ञ हो भन्ने कुरा मैले राम्ररी बुझेको छु ।’

देउवाले महाधिवेशन गर्न आफू पूर्ण प्रतिवद्ध रहेको भन्दै भ्रममा नपर्न पार्टीका नेता, कार्यकर्ताहरुलाई आग्रह गरेका छन् । कांग्रेसमा आउँदो भदौमा तोकिएको महाधिवेशन हुने कि नहुने भन्ने अन्योल भइरहेका बेला देउवाले जसरी पनि महाधिवेशन गर्ने प्रतिवद्धता जनाएका हुन् ।

World Link Ads
Mahakali Polytechnic

‘महाधिवेशनको विषयलाई लिएर कसैले पनि भ्रममा राख्ने वा भ्रममा रहने काम गर्न हुँदैन । बरु पार्टीको महाधिवेशन पार्टीका सबै नेता र सदस्यहरु मिलेर सम्पन्न गर्ने कार्य हो’ उनले भनेका छन् ।

Dirghayu Ads
Sana Kishan

असार र साउन महिनाभित्र महाधिवेशनका लागि सबै पूर्व तयारी सकेर निर्धारित समयमा नै महाधिवेशन गर्ने उनले बताएका छन् ।

‘पार्टीको क्रियाशील सदस्यताको व्यवस्थापन, वडादेखि प्रदेश तहसम्मका अधिवेशनहरुको तयारी लगायत महाधिवेशनका सबै तयारी गर्नुछ । यस निमित्त निर्वाचन समिति, क्रियाशील सदस्यता छानविन समिति गठन भई काम गरिरहेका छन्’ देउवाले भनेका छन् । (अनलाइनखबर बाट सभार)

हेर्नुहोस् देउवाको विज्ञप्ति

 

(अनलाइनखबर बाट सभार)
(अनलाइनखबर बाट सभार)
Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.