बजारमा सिटामोलसम्म पाउन सकस, संक्रमित समस्यामा पर्न सक्ने

काठमाडौं – जुनसुकै कारण ज्वरो आएमा पनि उपयोगी मानिने पारासिटामोल बजारमा सहज रूपमा पाइन छाडेको छ । अझ कोरोना संक्रमितका लागि त यो अति आवश्यक रहेको चिकित्सक बताउछन् । पारासिटामोल फामेर्सीमा सहजै नपाइने र अन्य फार्मेसीसमेत चहार्नुपर्ने संक्रमितका आफन्तको बाध्यता छ । यही अवस्था रहे पारासिटामोल हाहाकार हुन सक्ने सम्भावना प्रबल बनेको छ ।

नेपाल औषधि उत्पादक संघ, औषधि आयातकर्ता संघ, फार्मेसी सञ्चालक, औषधि थोक व्यवसायीले पनि ‘पारासिटामोल सहज तरिकाले नपाइने’ स्वीकारिसकेका छन् । औषधि व्यवस्था विभागको तथ्यांकअनुसार देशभर २९ हजार ५८ फार्मेसी दर्ता छन् । नेपाल औषधि थोक व्यवसायी संघ अध्यक्ष शिवराज बास्कोटा विभागले नेपाली औषधि उद्योगीलाई पारासिटामोल उत्पादनमा समयमै सहजीकरण नगर्दा अभाव भएको दाबी गर्छन् ।

‘नेपाली उद्योगलाई विश्वासमा लिएर चाँडोभन्दा चाँडो सिटामोल उत्पादनमा प्रेरित गर्न आवश्यक छ,’ उनी भन्छन्, ‘बजारमा पारासिटामोल अभाव भएको यथार्थ हो ।’ भारतलगायत देशमा प्रतिट्याबलेट दुई रुपैया“मा बिक्री हुँदै औषधि नेपालमा पनि मूल्य समायोजन गर्नुपर्ने उनको जोड छ । यसअघि, गत वैशाखमा संघले सरोकारवाला निकायलाई औषधिमा सहजीकरण गर्न मागसमेत गरेको थियो ।

पारासिटामोल अनावश्यक रूपमा घरमा मौज्दात राख्दा पनि अभाव देखिएको औषधि व्यवसायी औंल्याउँछन् । अन्तर्राष्ट्रिय बजारमा पारासिटामोलका लागि आवश्यक कच्चापदार्थ अभाव खड्किँदा र प्याकिङ म्याटेरियलको लागत ५० देखि सय प्रतिशतसम्म बढेको औषधि उत्पादक बताउँछन् । (उपहार खबर बाट सभार)

Total
10
Shares
Related Posts

थरीथरीका नुन, कुन बढी उपयोगी ?

शारीरिक स्वास्थ्यको लागि नुनको मात्रा नियन्त्रण गर्नुपर्ने चिकित्सकहरु बताउँछन् । उच्च रक्तचाप जस्ता रोगहरुमा नुनको सेवन बढी हानिकारक…
पुरा पढ्नुहोस

तथ्यांक विभागले १२औं राष्ट्रिय जनगणनाका लागि गर्यो ३९ हजार गणकको नाम ‘सर्टलिस्ट’ !!

काठमाडौँ — केन्द्रीय तथ्यांक विभागले ३९ हजार गणक छनोटका निम्ति नाम ‘सर्टलिस्ट’ गरेको छ । अनलाइनबाट आवेदन दिएका…
पुरा पढ्नुहोस

वुद्ध एयरको जहाजभित्रै रूवाबासी चल्यो, हामीले आश मारिसकेका थियौं !!

काठमाडौं,११ असोज ।सोमबार काठमाडौंबाट उडेको वुद्ध एयरको विमान विराटनगर विमानस्थलमा अवतरण हुन नसकेपछि फेरि काठमाडौं फर्कियो । त्रिभुवन…
पुरा पढ्नुहोस
Total
10
Share