सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

कैलालीको गोदावरी नगरपालिकामा आज पनि कोरोना बिरुद्धको खोप लगाइदै

अत्तरिया – कैलालीको गोदावरी नगरपालिकामा आज कोरोना बिरुद्धको खोप लगाइदै छ । चिन सरकारवाट अनुदानमा प्राप्त भएको भेरोसेल खोप हिजो देखी लगाउन सुरु गरिएको हो ।

नगरपालिकाले तोकेका विभिन्न ३ वटा खोप केन्द्रवाट आज पनि खोप लगाइन लागेको गोदावरी नगरपालिका स्वास्थ्य शाखाले जनाएको छ ।

गोदावरी ३ मा रहेको मालाखेती अस्पताल नजिकै रहेको नवज्योति स्कूल , गोदावरी ५ मा रहेको गेटा स्वास्थ्य चौकी र गोदावरी ११ मा ओलानीमा रहेको गोदावरी स्वास्थ्य चौकीवाट गोदावरी नगरपालिका भित्रका ६० बर्ष देखि ६४ बर्ष उमेर समुहका जेष्ठ नागरिक, पहिले खोप नपाएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सरसफाइकर्मी, पत्रकार, बैंकका कर्मचारीहरूलाई लगाइदैछ ।

World Link Ads
Mahakali Polytechnic
Sana Kishan

कोरोनाका कारण निकै आक्रन्त यस क्षेत्रका नागरिकहरु खोप लगाउनका लागि निकै उत्साहित देखिएका छन् । जेष्ठ नागरिकहरु अझ बढी उत्साहित देखिएका छन् ।

हिजो बाकिँ दुई केन्द्रको अबस्था सामान्य देखिएपनि नवज्योति स्कूलमा भने खोप लगाउनेको बिहानैदेखी भिड लागेको थियो ।

खोप लगाउनका लागि जेष्ठ नागरिकहरु टन्टलापुर घाममा उभिन बाध्य रहेको थिए । नगरपालिकामा हिजो पहिलो दिन ५ सय बढीले कोरोना विरुद्धको खोप लगाएका छन् । हिजो ५ सय ४८ जनाले खोप लगाएको नगरपालिकाले जनाएको छ । (गोदावरी न्युज बाट सभार)

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.