काँग्रेसमा सात युवा नेताको प्रस्ताव : वैकल्पिक विधिबाट ७७ जिल्लामै मतदान

नेपाली कांग्रेस सात युवा नेताले पार्टीको १४ औं महाधिवेशन ‘वैकल्पिक विधि र प्रक्रियाबाट गर्न’ नेतृत्वसमक्ष प्रस्ताव गरेका छन् । कांग्रेस युवा नेताहरू चन्द्र भण्डारी, धनराज गुरुङ, गुरु घिमिरे, गगन थापा, प्रदीप पौडेल, जीवन परियार र बद्री पाण्डेले मंगलबार सभापति शेरबहादुर देउवालाई भेटेरै ‘१४औं महाधिवेशन वैकल्पिक विधि र प्रक्रियाबाट गर्न’ प्रस्ताव गरेका हुन् ।

कोरोना बाहनामा ‘अब महाधिवेशन सार्ने गरी कुनै योजना नबनाउन’ ध्यानाकर्षण गराउँदै उनीहरूले ‘जतिसक्दो छिटो पार्टीमा सल्लाह गरेर महाधिवेशनबारे निर्णय लिन’समेत आग्रह गरेका छन् । कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका युवा नेता प्रदीप पौडेलले ‘महाधिवेशन गर्नुको विकल्प नभएको’ भन्दै ‘प्रक्रियामा विकल्प खोजेर भए पनि निर्धारित समयभित्रै महाधिवेशन सम्पन्न गरिनुपर्ने’तर्फ पार्टी नेतृत्वको ध्यानाकर्षण गराएको जानकारी दिए ।

‘महाधिवेशन विषय अन्योल भयो, महामारीकैबीच प्रक्रियामा विकल्प खोजेर भए पनि गरौं भनेर सभापतिलाई भनेका छौं,’ नेता पौडेलले राजधानीसँग भने, ‘सभापतिज्यूले पदाधिकारी बैठक बोलाएर छलफल गर्छु भन्नु भएको छ ।’ अर्का केन्द्रीय सदस्यसमेत रहेका युवा नेता धनराज गुरुङ ‘संविधानले दिएको व्यवस्थासमेत पार्टीले उपयोग गरिसकेकाले पार्टी वैधानिकता जोगाउनकै लागि भए पनि वैकल्पिक प्रक्रियाबाट महाधिवेशन गर्न’ सभापतिलाई सुझाएको बताउँछन् ।

‘अब फेरि महाधिवेशन सार्ने अवस्था छैन, वैधानिकताको पनि कुरा छ, बरु प्रक्रियामा विकल्प खोजौं, वडामा एक बुथका ठाउँमा १० बुथ राखौं,’ पार्टी सभापतिलाई राखिएको प्रस्तावबारे नेता गुरुङले जानकारी दिँदै थपे, ‘७७ वटै जिल्लामा केन्द्र तहका उम्मेदवारलाई मत हाल्ने गरेर व्यवस्था मिलाऔं भनेर सुझाव दिएका छौं ।’ केन्द्रीय तहका नेता छान्न जिल्लाजिल्लामै मतदान गर्नेगरी व्यवस्था गर्न सकिने र प्रतिनिधि संख्याका आधारमा बुथ तय गरी निर्वाचन प्रक्रियामा जान सकिने उनीहरूले सुझाएका छन् । अधिवेशनमा जाँदा कोरोनाका लागि जारी सुरक्षा मापदण्डा पालना गर्न सकिने उनीहरूको धारणा छ ।

सात युवा नेताको संयुक्त प्रस्तावमा सभापति देउवा सकारात्मक देखिएका छन् । पदाधिकारी बैठक बोलाएर महाधिवेशन विधि र प्रक्रियाबारे आवश्यक निर्णय लिइने उनले आश्वासन दिएका छन् । (उपहार खबर बाट सभार)

Total
36
Shares
Related Posts

थरीथरीका नुन, कुन बढी उपयोगी ?

शारीरिक स्वास्थ्यको लागि नुनको मात्रा नियन्त्रण गर्नुपर्ने चिकित्सकहरु बताउँछन् । उच्च रक्तचाप जस्ता रोगहरुमा नुनको सेवन बढी हानिकारक…
पुरा पढ्नुहोस

तथ्यांक विभागले १२औं राष्ट्रिय जनगणनाका लागि गर्यो ३९ हजार गणकको नाम ‘सर्टलिस्ट’ !!

काठमाडौँ — केन्द्रीय तथ्यांक विभागले ३९ हजार गणक छनोटका निम्ति नाम ‘सर्टलिस्ट’ गरेको छ । अनलाइनबाट आवेदन दिएका…
पुरा पढ्नुहोस

वुद्ध एयरको जहाजभित्रै रूवाबासी चल्यो, हामीले आश मारिसकेका थियौं !!

काठमाडौं,११ असोज ।सोमबार काठमाडौंबाट उडेको वुद्ध एयरको विमान विराटनगर विमानस्थलमा अवतरण हुन नसकेपछि फेरि काठमाडौं फर्कियो । त्रिभुवन…
पुरा पढ्नुहोस
Total
36
Share