संसद बिघटनको मुद्दाः इजलासमा बस्ने÷नबस्नेबारे दुई न्यायाधीशले आदेश सुनाउने

प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दामा बुधबार सुनुवाइको तयारी गरिएको छ । आइतबार संवैधानिक इजलासका दुई न्यायाधीशमाथि सरकारी पक्षका वकिलहरुले प्रश्न उठाएपछि हेर्दाहेर्दैमा स्थगित भएको इजलास बुधबार बस्ने तयारी रहेको सर्वाेच्च अदालतले जनाएको छ ।

सोमबार सुनुवाइ स्थगित भएपछि सर्वाेच्चका सूचना अधिकारी देवेन्द्र ढकालले अनलाइनखबरसँग बुधबार सुनुवाइ गर्ने तयारी रहेको बताएका थिए ।

सर्वाेच्च स्रोतका अनुसार बुधबारको इजलासमा सरकारी पक्षले प्रश्न उठाएका दीपककुमार कार्की र आनन्दमोहन भट्टराईले इजलासमा बस्ने कि नबस्ने भन्ने आदेश सुनाउने तयारी छ । उनीहरुको निर्णयको आधारमा संवैधानिक इजलासलाई निरन्तरता दिने वा पुनर्गठन गर्ने भन्ने तय हुन्छ ।

न्यायाधीशद्वय कार्की र भट्टराई इजलासमा बस्न इच्छुक देखिएनन् भने पुनः इजलास गठन गर्नुपर्ने भएकोले बुधबार पनि मुद्दा विषयवस्तुमा प्रवेश गर्ने सम्भावना छैन ।

आइतबार मात्रै प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले न्यायाधीशहरू दीपककुमार कार्की, मीरा ढुंगाना, ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराईलाई समेटेर संवैधानिक इजलास पुनर्गठन गरेका थिए । (अनलाइनखबर बाट सभार)

 

Total
1
Shares
Related Posts

जन्मदिनको उपलक्ष्यमा महिला तथा वालबालिका सेभ हाउसलाई खाद्यान्न सहयोग

बैतडी जन्मथलो भएर अमेरीकालाई कर्मथलो बनाएका युवा समाजसेवी प्रेम नुवाकोटीले जन्मदिनको उपलक्षमा महिला तथा वालबालिका सेभ हाउसलाई खाद्यान्न…
पुरा पढ्नुहोस

पाइलटको कुशलताले दुर्घटनाबाट जोगिएको बुद्ध एयर

सोमबार बिहान बुद्ध एयरको जहाज ठूलो दुर्घटना हुनबाट जोगिएको छ । काठमाण्डुबाट ७३ जना यात्रु बोकेर विराटनगरका लागि…
पुरा पढ्नुहोस

बैतडी: डिलाशैनी गाउँपालिकामा दशैंमा ६ दिनमात्रै विद्यालय बन्द हुने

बैतडीको डिलाशैनी गाउँपालिकाले दशैंको समयमा ६ दिन मात्रै विद्यालय बन्द गर्ने निर्णय गरेको छ । असोज २६ गते…
पुरा पढ्नुहोस
Total
1
Share