वस्तु बजार सञ्चालनमा ल्याउन निर्देशन

काठमाडौँ – नेपालमा वस्तु विनिमय (कमोडिटी) बजार सञ्चालनमा ल्याउन धितोपत्र बोर्डलाई उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले निर्देशन दिएका छन् ।

बोर्डको २९ औं वार्षिकोत्सवको अवसरमा उनले भने, ‘आर्थिक वर्ष २०७८÷७९ को बजेटमा पुँजी बजारसम्बन्धी केही महत्त्वपूर्ण दृष्टिकोण अगाडि सारिएका छन् । विशेषगरी वस्तु विनिमय बजारको आरम्भ गर्ने अठोट प्रस्तुत गरिएकाले यसका लागि बोर्डले आवश्यक गृहकार्य गरी समयमै वस्तु विनिमय बजारको आरम्भ गर्न प्रभावकारी कदम चालोस् ।’

पछिल्ला दिनमा पुँजी बजारमा लगानीकर्ताको आकर्षण बढिरहेको, लगानीकर्ताको संख्या तथा लगानीको आकार बढ्दै गएको सन्दर्भलाई सरकारप्रति लगानीकर्ताको विश्वासका अर्थमा बुझेको उनले बताए । पुँजी बजारका क्षेत्रमा कुनै पनि अनियमितता हुन नदिई लगानीका क्षेत्र र दायरा विस्तार गरी मुलुकको आर्थिक वृद्धिमा बोर्डले महत्त्वपूर्ण भूमिका खेल्न पनि उनले नियामक निकायलाई आग्रह गरे । (ekantipur.com बाट सभार)

 

Total
12
Shares
Related Posts

थरीथरीका नुन, कुन बढी उपयोगी ?

शारीरिक स्वास्थ्यको लागि नुनको मात्रा नियन्त्रण गर्नुपर्ने चिकित्सकहरु बताउँछन् । उच्च रक्तचाप जस्ता रोगहरुमा नुनको सेवन बढी हानिकारक…
पुरा पढ्नुहोस

तथ्यांक विभागले १२औं राष्ट्रिय जनगणनाका लागि गर्यो ३९ हजार गणकको नाम ‘सर्टलिस्ट’ !!

काठमाडौँ — केन्द्रीय तथ्यांक विभागले ३९ हजार गणक छनोटका निम्ति नाम ‘सर्टलिस्ट’ गरेको छ । अनलाइनबाट आवेदन दिएका…
पुरा पढ्नुहोस

वुद्ध एयरको जहाजभित्रै रूवाबासी चल्यो, हामीले आश मारिसकेका थियौं !!

काठमाडौं,११ असोज ।सोमबार काठमाडौंबाट उडेको वुद्ध एयरको विमान विराटनगर विमानस्थलमा अवतरण हुन नसकेपछि फेरि काठमाडौं फर्कियो । त्रिभुवन…
पुरा पढ्नुहोस
Total
12
Share