यस्ता छन काँक्रो खानुका फाइदाहरु !!

काँक्रो बाह्रै महिना फल्ने एउटा फल हो । यो झालमा फल्ने गर्दछ ।यो स्वादका लागी मात्र नभइ स्वास्थका लागी पनि उत्तिकै उपयोगी हुन्छ । यसको सलाद बनाउदा पनि उतिकै चोपिलो हुन्छ । काक्रो सेवन जतिबेला पनि गर्न सकिन्छ ।

प्राय यो गर्मी मौसममा बढि सेवन हुने गर्दछ । काँक्रोको सेवन गर्दा विभिन्न किसिमका रोगबाट बच्न सकिन्छ । काँक्रोमा पानीको मात्रा ९६ प्रतिशत हुन्छ ।

मानिसको शरीरमा पानी आपूर्ति गर्न काँक्रो सबैभन्दा महत्वपूर्ण हुन्छ। पोषण र पानी पाइने भएकाले काँक्रोले तौल घटाउँन पनि मद्दत गर्छ। यसको टुक्राले आँखाको रातोपना र सुन्निएको घटाउँन सहयोग गर्छ। यसमा पाइने फाइबर र पानीले खाना पचाउँन सहयोग गर्छ।यसले खराब कोलेस्टेरोल पनि घटाउन मद्दत गर्छ ।

मुख र गिजालाई ताजा राख्न र गिजाका समस्या समाधान गर्न पनि यसले सहयोग गर्छ। काँक्रोमा पाइने सिलिका कपाल, नङ र छालाका लागि महत्वपूर्ण मानिन्छन् । त्यसैले काँक्रो सौन्दर्यता बढाउँने खाद्यपदार्थ हो । (gnewsnepal.com बाट सभार)

Total
1
Shares
Related Posts

फल खाने समयमा समेत कतिपय नियम पालना गर्नुपर्छ

राम्रो स्वास्थ्यको लागि पोषणयुक्त खानेकुरा खानु जरूरी छ । सही आहार राम्रो स्वास्थ्यका लागि महत्वपूर्ण मानिन्छ । सही…
पुरा पढ्नुहोस

सेतो पुतलीसँग सचेत बनौँ, ४८ घण्टाभित्र उपचार नथाले आँखाको ज्योति गुम्ने खतरा

फुर्रफुर्र नाच्दै फूलमा पुतली बसेपछि बालबालिका रमाउँछन् । ‘कति राम्री पुतली’ भन्दै पुतली भएतिर बालबालिका दौडिँदा अभिभावक पनि खुसी…
पुरा पढ्नुहोस

निद्रा लिनुहोस् : न धेरै, न थोरै

चाहे आधुनिक विकास होस् वा जीवनशैली या त भू–मण्डलीकरण नै, यी सबैले हाम्रो निद्रा बिथोलिदिएको छ । विश्व…
पुरा पढ्नुहोस
Total
1
Share