कलेजोलाई स्वास्थ राख्न यी चिजहरु सेवन गर्नुहोस् !!

(gnewsnepal.com बाट सभार)

कलेजो हाम्रो शरीरको एक महत्त्वपूर्ण अंग हो। कलेजोले कार्बोहाइड्रेटहरू भण्डारण गर्न, प्रोटिनहरू बनाउन, पोषक तत्वहरू लिने र पित्तमा महत्त्वपूर्ण भूमिका खेल्छ। कलेजोले सम्पूर्ण शरीरलाई डिटक्स गर्दछ।

कलेजो सफा र बलियो हुँदा शरीर स्वस्थ रहन्छ। आउनुहोस् कलेजो स्वास्थ राख्ने ती ६ चिजहरुको बारेमा जानकारी लिऔँ ।

चुकन्दर : चुकन्दर एन्टीआक्सीडन्ट, खनिज र भिटामिनले भरिएको हुन्छ। यसले पित्त सुधार गर्दछ र शरीरबाट विष हटाउँछ।

जामुन : जामुन वा बेरी जस्तै क्रनबेरी र ब्लूबेरीमा एन्थोसायनिन हुन्छ जसले कलेजोलाई कुनै पनि किसिमको नोक्सानबाट बचाउँछ। यो एन्टिअाक्सिडन्टले कलेजोको प्रतिरोधात्मक क्षमतालाई पनि सुरक्षित गर्दछ।

लसुन : लसुनको एक एलिसिन कम्पाउन्ड हुन्छ जसले पूरै शरीरलाई डिटक्स गर्न गर्दछ । लसुनसँग एन्टीआक्सीडन्ट र एन्टिबायोटिक गुणहरू पनि छन्। यसले कलेजोलाई सफा र बलियो बनाउँछ।

भोगटे : भोगटेमा रहेको एन्टीआक्सीडन्टले सूजन कम गर्दछ र कलेजोको सेललाई रक्षा गर्दछ।जडिबुटी ः धनिया, हल्दी, अदुवा र डन्डेलियन जरालाई शक्तिशाली डिटोक्सिफायर मानिन्छ। यी सबै जडिबुटीहरूले कलेजोलाई मजबुत बनाउँदछन्।

कफी : कफीमा रहेको पोलीफेनोलहरूमा एन्टिआक्सीडन्ट र एन्टीइन्फ्लेमेटरी गुणहरू हुन्छन् जसले सिरोसिसलाई बढ्नबाट बचाउँछ र कलेजोलाई बचाउँछ। (gnewsnepal.com बाट सभार)

Total
28
Shares
Related Posts

फल खाने समयमा समेत कतिपय नियम पालना गर्नुपर्छ

राम्रो स्वास्थ्यको लागि पोषणयुक्त खानेकुरा खानु जरूरी छ । सही आहार राम्रो स्वास्थ्यका लागि महत्वपूर्ण मानिन्छ । सही…
पुरा पढ्नुहोस

सेतो पुतलीसँग सचेत बनौँ, ४८ घण्टाभित्र उपचार नथाले आँखाको ज्योति गुम्ने खतरा

फुर्रफुर्र नाच्दै फूलमा पुतली बसेपछि बालबालिका रमाउँछन् । ‘कति राम्री पुतली’ भन्दै पुतली भएतिर बालबालिका दौडिँदा अभिभावक पनि खुसी…
पुरा पढ्नुहोस

निद्रा लिनुहोस् : न धेरै, न थोरै

चाहे आधुनिक विकास होस् वा जीवनशैली या त भू–मण्डलीकरण नै, यी सबैले हाम्रो निद्रा बिथोलिदिएको छ । विश्व…
पुरा पढ्नुहोस
Total
28
Share