सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

बैतडी जिल्लामा मंगलबार ३६ जनाले कोरोना जिते, थप २५ जनामा कोरोना पुष्टि

बैतडी – बैतडीमा मंगलबार ३६ जनाले कोरोना जितेका छन् । जिल्लाका विभिन्न स्थानीय तहमा रहेका संक्रमित मध्ये ३६ जनाले कोरोना जितेको स्वास्थ्य कार्यालयले जनाएको छ । यस्तै आज थप २५ जनामा कोरोना पुष्टि भएको छ ।

मेलौली नगरपालिकाका ११, पाटन नगरपालिकाका ६, दशरथचन्द नगरपालिकाका ३, सुर्नया गाउँपालिकाका २, दोगडोकदार गाउँपालिकाका २ र पञ्चेश्वर गाउँपालिकाका थप एकजनामा कोरोना पुष्टि भएको हो । जिल्लामा अहिले कोरोना संक्रमितको संख्या २९० पुगेको छ ।

Sana Kishan

सक्रिय संक्रमित मध्ये सबैभन्दा बढी दशरथचन्द नगरपालिकामा ८१ जना, पाटन नगरपालिकामा ४७ जना, डिलाशैनी गाउँपालिकामा ४० जना, मेलौली नगरपालिकामा २८ जना र सुर्नया गाउँपालिकामा २५ जना रहेका छन् ।

World Link Ads
Mahakali Polytechnic

यस्तै पञ्चेश्वर गाउँपालिकामा २४ जना, सिगास गाउँपालिकामा २२ जना, पुर्चौंडी नगरपालिकामा ११ जना, दोगडाकेदार गाउँपालिकामा ९ जना र शिवनाथ गाउँपालिकामा १ जना सक्रिय संक्रमित रहेका छन् । यस्तै बैतडीमा अन्य ठाउँका २ जना सक्रिय संक्रमित रहेका छन् । (सगुन खबर बाट सभार)

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.