कवितामा गजलको ….

कवितामा गजलको कस कतै पाइन्छ र ?

गजल कोरी कविताको जस कतै पाइन्छ र ?

जीवनका पलहरु निरस त्यसै बितेपछि

अधुरो यो जीवनमा रस कतै पाइन्छ र ?

भन्छन् मान्छे सन्तोष नै सुखको चरम विन्दु

क्षणिक सुखले जिन्दगीको यश कतै पाइन्छ र ?

भावनाको संसारमा यात्रा गर्ने मनै थियो

भारी मन बोकी हिड्ने ‘बस’ कतै पाइन्छ र ?

पाँच पहिले, ऐले सात, सययओटा हुन्छन् कैले

खोजिरा’छु ताकी देऊ दस कतै पाइन्छ र ?

(रमेश पन्त “मीतबन्धु” को झुल्के घाम सङ्ग्रह बाट )

Total
28
Shares
Related Posts

थरीथरीका नुन, कुन बढी उपयोगी ?

शारीरिक स्वास्थ्यको लागि नुनको मात्रा नियन्त्रण गर्नुपर्ने चिकित्सकहरु बताउँछन् । उच्च रक्तचाप जस्ता रोगहरुमा नुनको सेवन बढी हानिकारक…
पुरा पढ्नुहोस

तथ्यांक विभागले १२औं राष्ट्रिय जनगणनाका लागि गर्यो ३९ हजार गणकको नाम ‘सर्टलिस्ट’ !!

काठमाडौँ — केन्द्रीय तथ्यांक विभागले ३९ हजार गणक छनोटका निम्ति नाम ‘सर्टलिस्ट’ गरेको छ । अनलाइनबाट आवेदन दिएका…
पुरा पढ्नुहोस

वुद्ध एयरको जहाजभित्रै रूवाबासी चल्यो, हामीले आश मारिसकेका थियौं !!

काठमाडौं,११ असोज ।सोमबार काठमाडौंबाट उडेको वुद्ध एयरको विमान विराटनगर विमानस्थलमा अवतरण हुन नसकेपछि फेरि काठमाडौं फर्कियो । त्रिभुवन…
पुरा पढ्नुहोस
Total
28
Share