सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा आज ३५५ जनाको कोरोना परिक्षण गर्दा १५४ जनामा संक्रमण पुष्टि

(गोदावरी न्युज बाट सभार)

धनगढी – सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा आज गरिएको परिक्षणमा थप १५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

बितेको २४ घण्टामा सेती प्रादेशिक अस्पतालमा ३५५ जनाको नमुना परिक्षण गरिएको थियो । जसमध्ये धनगढीका ५१ जना,धनगढीबाहेक कैलालीका ५७ जना र अन्य जिल्लाका ४६ जनामा संक्रमण पुष्टि भएको छ । आज थप १० जना अस्पताल भर्ना भएका छन् ।

हाल अस्पतालमा ३३ जना संक्रमित उपचाररत छन् । यस्तै त्यँहा १२ जनाको आईसीयूमा, ३ जना भेन्टिलेटरमा उपचाररत रहेको रहेको अस्पतालका सूचना अधिकारी दिलीप कुमार श्रेष्ठले बताए। (गोदावरी न्युज बाट सभार)

Total
1
Shares
Related Posts

फल खाने समयमा समेत कतिपय नियम पालना गर्नुपर्छ

राम्रो स्वास्थ्यको लागि पोषणयुक्त खानेकुरा खानु जरूरी छ । सही आहार राम्रो स्वास्थ्यका लागि महत्वपूर्ण मानिन्छ । सही…
पुरा पढ्नुहोस

बैतडी: डिलाशैनी गाउँपालिकामा दशैंमा ६ दिनमात्रै विद्यालय बन्द हुने

बैतडीको डिलाशैनी गाउँपालिकाले दशैंको समयमा ६ दिन मात्रै विद्यालय बन्द गर्ने निर्णय गरेको छ । असोज २६ गते…
पुरा पढ्नुहोस

बैतडी: व्यापारीको हत्यापछि सुर्नया ४ का स्थानीयबासी त्रसित

यही असोज ६ गते राती सुर्नया गाउँपालिका ४ लेकडाँडाका कमले महराको हत्या भएपछि स्थानीयबासी त्रसित बनेका छन् ।…
पुरा पढ्नुहोस
Total
1
Share