ओलीको प्रस्तावमा ‘इमानदारिता नदेखिएको’ आरोप

नेपाल कम्युनिस्ट पार्टी (एमाले) पूर्वमहासचिव माधवकुमार नेपाल समूहले पार्टी एकताका लागि अध्यक्ष केपी शर्मा ओलीको प्रस्तावमा ‘ इमानदारिता नदेखिएको’ आरोप लगाएको छ । आइतबार ६ बुँदे प्रस्तावसहित पार्टी एकताका लागि ओलीले आह्वान गरेपछि सोमबार बसेको नेपाल समूह स्थायी कमिटी बैठकले सर्तसहितको प्रस्ताव स्वीकार नहुने अडान राखेको छ ।

एमाले स्थायी कमिटी सदस्य एवं नेपाल समूह नेता डा. बेदुराम भुषालले अध्यक्ष ओलीबाट पार्टी एकताका लागि इमानदारितापूर्वक प्रस्ताव नआएको बताए । सो प्रस्तावमा छलफल गर्न बसेको स्थायी कमिटी बैठकले ‘सर्त स्वीकार गरेर पार्टी एकता गर्न नसकिने निष्कर्ष निकालेको’ जानकारी उनले दिए । ‘अध्यक्ष केपी ओलीको पार्टी एकताका लागि भनेर ६ बुँदे आएको प्रस्ताव चालबाजी मात्रै हो भन्ने साझा निष्कर्षमा पुगेका छौं, सर्त मानेर एकता सम्भव छैन,’ डा. भुसालले भने, ‘लोकतान्त्रिक प्रणाली व्यवस्था, संविधान जोगाउन गरिएको हस्ताक्षर फिर्ता हुँदैन ।

पार्टी एकता नै गर्ने हो भने हामीले यसअघि वैशाख २६ गते पेस गरेको ६ बुँदे मान्न केपी ओली तयार हुनुपर्छ । त्यही ६ बुँदेका आधारमा पार्टी एकता हुन्छ ।’ ओली प्रस्तावमा पार्टीलाई ३ जेठपूर्वको अवस्थाबाट अगाडि बढाइने भन्दै नेकपा केन्द्रीय कमिटी सदस्यमध्ये एकताको पक्षमा उभिएकालाई आधार मानेर एमाले केन्द्रीय कमिटी र स्थायी कमिटी संरचना गतिशील हुने उल्लेख छ ।  (उपहार खबर बाट सभार)

Total
6
Shares
Related Posts

जन्मदिनको उपलक्ष्यमा महिला तथा वालबालिका सेभ हाउसलाई खाद्यान्न सहयोग

बैतडी जन्मथलो भएर अमेरीकालाई कर्मथलो बनाएका युवा समाजसेवी प्रेम नुवाकोटीले जन्मदिनको उपलक्षमा महिला तथा वालबालिका सेभ हाउसलाई खाद्यान्न…
पुरा पढ्नुहोस

पाइलटको कुशलताले दुर्घटनाबाट जोगिएको बुद्ध एयर

सोमबार बिहान बुद्ध एयरको जहाज ठूलो दुर्घटना हुनबाट जोगिएको छ । काठमाण्डुबाट ७३ जना यात्रु बोकेर विराटनगरका लागि…
पुरा पढ्नुहोस

बैतडी: डिलाशैनी गाउँपालिकामा दशैंमा ६ दिनमात्रै विद्यालय बन्द हुने

बैतडीको डिलाशैनी गाउँपालिकाले दशैंको समयमा ६ दिन मात्रै विद्यालय बन्द गर्ने निर्णय गरेको छ । असोज २६ गते…
पुरा पढ्नुहोस
Total
6
Share