जोर्डनसँग नेपाल ३–० ले पराजित

२०२२ को विश्वकप र २०२३ को एसियन कप छनोट अन्तर्गत समूह बी को खेलमा नेपाल जोर्डनसंग ३–० ले पराजित भएको छ । कुवेतको जाबेर अल अहमद अन्तर्राष्ट्रिय रंगशालमा भएको खेलमा जोर्डनका लागि फैसन सैफ बाहाले दुई तथा याजान अलाभाबले एक गोल गरे ।

यसअघि चाइनिज ताइपेईलाई २–० ले पराजित गर्दै आत्मविश्वासी रहेको नेपालले जोर्डन विरुद्ध भने गोल गर्न सकेन ।

जोर्डनका लागि फैजलले खेलको २४औं र ४९औं मिनेटमा गोल गरे । उनले पहिलो गोल पेनाल्टीमा गरेका थिए । रोहित चन्दले विपक्षी खेलाडीलाई फाउल गरेपछि प्राप्त पेनाल्टीमा फैजलले गोल गरे । नेपालका कप्तान समेत रहेका गोलकिपर किरणले पेनाल्टी सहि जज गरेपनि गोल बचाउन सकेनन् । पहिलो हाफमा नेपालका कप्तान किरणले केही राम्रा बचाउ गर्दा जोर्डनले गोल अन्तर बढाउन सकेन ।

यस्तै फैजलले फ्रिकिकमार्फत व्यक्तिगत दोस्रो गोल गर्दै जोर्डनको अग्रता दोब्बर पारेका थिए । त्यसपछि ६७औं मिनेटमा याजनले हेडरमार्फत जोर्डनका लागि तेस्रो गोल गरे ।

नेपालका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले चाइनिज ताइपेई विरुद्धको खेलमा ३ परिवर्तन गर्दै आज ५ डिफेन्डर खेलाएका थिए । तर विकास खवास आघा घण्टापनि मैदानमा टिक्न सकेनन् र उनलाई मैदान बाहिर ल्याउनुपरेको थियो । उनको स्थानमा सुनिल बल मैदान प्रवेश गरेका थिए ।

यस्तै विकास संगै अभिषेक रिजाल र दिनेश राजवंशीले आज पहिलो रोजाईँमा खेलेका थिए । दोस्रो हाफमा नवयुग श्रेष्ठ, मनिस डाँगी, विशाल राई र एरिक विष्ट मैदान प्रवेश गरेका थिए ।

समूह बी मा नेपालले सातौं खेल खेल्दा यो पाँचौ हार हो । यसअघि २०१९ मा जोर्डनमै भएको खेलमा नेपाल ३–० ले पराजित भएको थियो । यस्तै कुवेत विरुद्ध दुवै खेलमा पराजित भएको नेपाल अष्ट्रेलिया विरुद्ध पनि पराजित भएको थियो । चाइनिज ताइपेई विरुद्ध भने नेपाल दुवै खेलमा विजयी भएको थियो ।

७ खेलबाट ६ अंकसहित चौथो स्थानमा रहेको नेपालल अब अष्ट्रेलियासंग खेल्न बाँकी छ ।

जोर्डनसंग हारपछि नेपालको एसिया कपको लागि सिधै तेस्रो चरणको प्लेअफ खेल्ने सम्भावना लगभग सकिएको छ । यस्तै कतार विश्वकप २०२२ को छनोटको तेस्रो चरणमा पुग्ने नेपालको सम्भावना अब सकिएको छ ।

नेपालले अब २०२३ मा चीनमा हुने एसिया कपका लागि तेस्रो चरण छनोटमा पुग्न प्लेअफ खेल्नुपर्ने लगभग पक्का भएको छ । नेपालले अब जेठ २८ गते छनोटको अन्तिम खेल अष्ट्रेलियासंग खेल्नेछ । (अनलाइनखबर बाट सभार)

Total
1
Shares
Related Posts

टी–२० मा १० हजार रन पूरा गर्ने बिराट कोहली पहिलो भारतीय

भारतका कप्तान बिराट कोहलीले दुबैमा जारी इन्डियन प्रिमियर लिगमा १० हजार रन पुरा गरेका छन्। बैंगलोरका कप्तान कोहलीले…
पुरा पढ्नुहोस

आईपीएलमा दिल्लीले राजस्थानलाई ३३ रनले हरायो

इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा दिल्ली क्यापिटल्सले राजस्थान रोयल्सलाई ३३ रनले हराएको छ । राजस्थानलाई हराउँदै दिल्ली अङ्क…
पुरा पढ्नुहोस
Total
1
Share