सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

सुदूरपश्चिम प्रदेशमा आज २८३ जनामा संक्रमण पुष्टि , ५ जनाको मृत्यु

अत्तरिया – सुदूरपश्चिम प्रदेशमा आज २ सय ८३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेशका बिभिन्न प्रयोगशाला मार्फत ४२८ जनाको नमुना पीसीआर र १३ सय १६ नमूना ऐन्टिजेन विधिबाट परीक्षण गर्दा २ सय ८३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

जसमा धनगढीको सेती प्रादेशिक अस्पताल प्रयोगशालामा २८३ जनाको नमूना परीक्षण गर्दा १३० जना , महाकाली अस्पतालमा ४६ जनाको नमुना परीक्षण गर्दा २२ जना, डडेल्धुरा अस्पतालमा २१ जनाको नमूना परीक्षण गर्दा ८ जना, अछामको कमलबजार प्रोगशालामा २१ जनाको परिक्षण गर्दा ११ जनामा र डोटी अस्पतालमा ५७ जनाको नमूना परीक्षण गर्दा १७ जनामा संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । हाल सम्म प्रदेशमा ४१ हजार ५८३ जनामा संक्रमण पुष्टि भएको छ ।

Sana Kishan

यस्तै आज थप ५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । कैलालीका २ जना, डोटी, डडेल्धुरा र बाजुरा र बैतडीका १÷१ जना गरि ५ जनाको मृत्यु भएको हो। आज प्रदेशमा ३ सय ४५ जना निको भएका छन् । (गोदावरी न्युज बाट सभार)

World Link Ads
Mahakali Polytechnic

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.