सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

पछिल्लो २४ घण्टामा ४,४७२ जनामा कोरोना संक्रमण पुष्टि, ६,९५१ जना संक्रमणमुक्त

काठमाडौं – पछिल्लो २४ घण्टामा ४४७२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार २ पीसीआर परीक्षणमा ३३७० र ५,९०१ एन्टिजेन परीक्षणमा १,१०२ गरी कुल १७ हजार ९०३ परीक्षणमा ४,४७२ जनामा संक्रमण पुष्टि भएको हो ।

Sana Kishan

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६९५१ जना संक्रमण मुक्त भएका छन् ।पछिल्लो समय कोरोना संक्रमित भन्दा निको हुने दर धेरै हुँदै आएको सन्दर्भमा सोमबार पनि सोही तथ्यांक आएको छ । हालसम्म कोरोना निको हुनेको कुल संख्या ४ लाख ९७ हजार ९६० पुगेको छ । पछिल्लो २४ घण्टामा ९२ जनाले ज्यान गुमाएका छन् । (उपहार खबर बाट सभार)

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.