बैतडी जिल्लामा गंगा श्री फाउण्डेसनद्वारा राहत वितरण

(सगुन खबर बाट सभार)

बैतडी – बैतडीमा गंगा श्री फाउण्डेसनले राहत वितरण कार्य शुरु गरेको छ । कोरोना भाईरसका कारण समस्यामा परेका परिवारलाई राहत वितरण कार्य शुरु भएको फाउण्डेसनका अध्यक्ष गणेशबहादुर बिष्टले जानकारी दिए ।

सोमबार पाटन नगरपालिका वडा नं ४ का ६५ विपन्न परिवारलाई २५ केजीका दरले चामल वितरण गरिएको उनले बताए । कोरोनाका कारण छाक टार्न मुस्किल भएका परिवारलाई राहत वितरण गरिएको हो । बिष्टले भने, ‘हामीले समस्यामा परेका नागरिकलाई केही खाद्य सामग्री सहयोग गरेका छौं । यसले समस्यामा परेका नागरिकलाई केही सहयोग पुगोस भन्ने हाम्रो चाहना छ ।’

यस्तै बुधबार पाटन नगरपालिकामा वडा नं ८ मा पनि राहत वितरणको तयारी भएको बिष्टले बताए । यसैगरी प्रहरी, स्वास्थ्य संस्था लगायतका ठाउँमा स्वास्थ्य सामग्री वितरणको कार्यक्रम समेत रहेको छ ।

गंगा श्री फाउण्डेसन जनता मावि आरुबाटाका पूर्व अध्यक्ष एवं पूर्व शिक्षक गंगासिंह बिष्टको स्मृतिमा स्थापना गरिएको हो । फाउण्डेसन समस्यामा परेका नागरिकलाई सहयोग गर्नका लागि स्थापना भएको फाउण्डेसनका अध्यक्ष बिष्टले जानकारी दिए ।

यस्तै फाउण्डेसनले पाटन नगरपालिका अन्तर्गतका ५ ओटा विद्यालयका ५ जना छात्रछात्रालाई ५ हजारका दरले छात्रवृति दिने तयारी समेत गरिएको छ । सम्बन्धित विद्यालयको सिफारिशमा विद्यार्थीहरुलाई छात्रवृति प्रदान गरिने फाउण्डेसनले जनाएको छ । (सगुन खबर बाट सभार)

Total
1
Shares
Related Posts

फल खाने समयमा समेत कतिपय नियम पालना गर्नुपर्छ

राम्रो स्वास्थ्यको लागि पोषणयुक्त खानेकुरा खानु जरूरी छ । सही आहार राम्रो स्वास्थ्यका लागि महत्वपूर्ण मानिन्छ । सही…
पुरा पढ्नुहोस

बैतडी: डिलाशैनी गाउँपालिकामा दशैंमा ६ दिनमात्रै विद्यालय बन्द हुने

बैतडीको डिलाशैनी गाउँपालिकाले दशैंको समयमा ६ दिन मात्रै विद्यालय बन्द गर्ने निर्णय गरेको छ । असोज २६ गते…
पुरा पढ्नुहोस

बैतडी: व्यापारीको हत्यापछि सुर्नया ४ का स्थानीयबासी त्रसित

यही असोज ६ गते राती सुर्नया गाउँपालिका ४ लेकडाँडाका कमले महराको हत्या भएपछि स्थानीयबासी त्रसित बनेका छन् ।…
पुरा पढ्नुहोस
Total
1
Share