सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

मेरो प्राथमिकता नेपालीलाई कोरोना कहरबाट मुक्त गर्ने हो : स्वास्थ्यमन्त्री

नवनियुक्त स्वास्थ्य तथा जनसंख्या मन्त्री शेरबहादुर तामाङले आफ्नो मुख्य प्राथमिकता कोरोना कहरबाट नेपाली जनतालाई मुक्त गर्ने रहेको बताएका छन् ।

सोमबार आयोजित पत्रकार सम्मेलनमा उनले आफू नागरिकको जीवन रक्षा गर्ने प्राथमिकता लिएर मन्त्रालय सम्हाल्न आइपुगेको बताए । उनले कोरोना कहरबाट बच्न मुख्य प्राथमिकता खोप व्यवस्थापनमा दिएको पनि मन्त्री तामाङले बताए ।

Sana Kishan

मन्त्री तामाङले केही महिनाभित्र सबै नेपालीलाई खोप दिने पनि दावी गरे । खोप उत्पादक देशबाट खोप ल्याउन सबै किसिमका उपाय लगाउने पनि उनले बताए ।

World Link Ads
Mahakali Polytechnic

उनले कोरोना परीक्षण दर पनि बढाउने बताएका छन् । गाउँगाउँसम्म एन्टिजेन विधिबाट कोरोना संक्रमण परीक्षण गरिने मन्त्री तामाङको भनाइ छ । (अनलाइनखबर बाट सभार)

Dirghayu Ads

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.