काठमाडौंमा चिनियाँ खोप : कुन उमेर समूहलाई कहिले ?

काठमाडौं महानगरपालिकाले चीनबाट ल्याइएको चिनियाँ भेरोसेल खोपको पहिलो मात्रा ५ दिनसम्म लगाउने भएको छ । मंगलबारबाट सुरु हुने खोप अभियानमा ६० देखि ६४ वर्ष उमेर समूहका व्यक्तिलाई समेटिने छ ।

महानगरपालिकाले तयार पारेको कार्यतालिका अनुसार जेठ २५ गते ६४ वर्ष उमेर समूहकालाई मात्रै खोप दिइनेछ । २९ गतेसम्म चल्ने खोप अभियानमा हरेक दिन फरक फरक उमेर समूहका व्यक्तिलाई खोप दिइने महानगरपालिकाले जनाएको छ ।

जसअन्तर्गत् २६ गते ६३ वर्षका, २७ गते ६२ वर्षका, २८ गते ६१ वर्षका र अन्तिम दिन अर्थात् २९ गते ६० वर्ष उमेरका व्यक्तिलाई खोप लगाउने तयारी गरिएको महानगरपालिकाका शहरी स्वास्थ्य विभाग प्रमुख हरिबहादुर कुँवरले जानकारी दिए ।

कुँवरले खोप लगाउने केन्द्र भने सोमबार तय गर्ने जानकारी दिए । अधिकांश केन्द्रहरु पुरानै भए पनि एक÷दुईवटा केन्द्र फरक हुने कुँवरले जानकारी दिए । (अनलाइनखबर बाट सभार)

Total
1
Shares
Related Posts

फल खाने समयमा समेत कतिपय नियम पालना गर्नुपर्छ

राम्रो स्वास्थ्यको लागि पोषणयुक्त खानेकुरा खानु जरूरी छ । सही आहार राम्रो स्वास्थ्यका लागि महत्वपूर्ण मानिन्छ । सही…
पुरा पढ्नुहोस

सेतो पुतलीसँग सचेत बनौँ, ४८ घण्टाभित्र उपचार नथाले आँखाको ज्योति गुम्ने खतरा

फुर्रफुर्र नाच्दै फूलमा पुतली बसेपछि बालबालिका रमाउँछन् । ‘कति राम्री पुतली’ भन्दै पुतली भएतिर बालबालिका दौडिँदा अभिभावक पनि खुसी…
पुरा पढ्नुहोस

निद्रा लिनुहोस् : न धेरै, न थोरै

चाहे आधुनिक विकास होस् वा जीवनशैली या त भू–मण्डलीकरण नै, यी सबैले हाम्रो निद्रा बिथोलिदिएको छ । विश्व…
पुरा पढ्नुहोस
Total
1
Share