सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

मध्यपहाडी लोकमार्गः बिहुँ खण्डमा कालोपत्रे

गलकोट – कोरोना कहरका बीच पनि मध्यपहाडी पुष्पलाल लोकमार्गको बागलुङ खण्डमा भने निर्माणको धमाधम काम भइरहेको छ । पाँच वर्षअघि कालोपत्रे गर्ने भनिएको बागलुङ जिल्ला सदरमुकामदेखि घोडाबाँधेसम्मको २५ किलोमिटर सडक खण्डमा केही दिनयता परिणाम देखिने गरी धमाधम काम भइरहेको छ । ट्रयाक खुलेको २५ वर्षपछि उक्त सडक खण्डमा कतै कालोपत्रे त कतै पूर्वाधारको काम भइरहेको छ ।
कोरोना कहरमा समेत सरकारले ठूला विकास आयोजनालाई निरन्तरता दिने भनेपछि लोकमार्गमा स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर धमाधम काम भइरहेको पुष्पलाल मध्यपहाडी लोकमार्ग आयोजना कार्यालय पर्वतले जनाएको छ । अहिले बागलुङ खण्डकोे घोडाबाधे बिहुँमा सडक धमाधम कालोपत्रे भइरहेको छ भने सदरमुकाम खण्डमा कालोपत्रेका लागि पूर्वाधार, नाली, ग्याविनका साथै ग्राभेलको काम भइरहेको छ । आयोजनाले कामदारलाई स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर काम गरिरहको मध्यपहाडी लोकमार्गका साइड इन्जिनीयर उज्वल शर्माले जानकारी दिनुभयो ।
लामो समयदेखि अलपत्र पर्दै आएको लोकमार्ग कोरोना कहर र रोकथामका लागि जारी निषेधाज्ञा जारी भइरहेको सन्दर्भमा सडक निर्माणले गति लिएको छ । अहिले बिहुँको घोडाबाधे स्थित गणेशनाथ घुम्तीबाट जिल्ला सदरमुकामतर्फ झण्डै एक किलोमिटर सडक कालोपत्रे भइसकेको छ ।
बागलुङ सदरमुकाम खण्डमा अहिले दैनिक एक सय मजदूर तथा ५० ट्रिपर परिचालन छ । अहिले रात दिन सडक कालोपत्रेका लागि कच्चा सामग्री बिछ्याउने कार्य भइरहेको छ । लोकमार्गको उपल्लाचौरदेखि बोक्सेसम्म कालोपत्रेका लागि लगभग सडक तयार भइसकेको छ । “अहिले लोकमार्गमा निकै प्रगति देखिएको छ, निर्माण व्यवसायीलाई तिरन्तरको ताकेता र जनदबाबपछि २५ किलोमिटरमध्ये बिहुँमा कालोपत्रे शुरु भइसकेको र यस्तै कामको प्रगति तथा मौसम राम्रो भए सदरमुकाम खण्डमा समेत केही हप्तामै कालोपत्रे शुरु गर्ने उद्देश्य छ”, शर्माले भन्नुभयो, “निर्माण व्यवसायलाई काम गर्ने अन्तिम मौकापछि कामले कोरोना महामारीका बीच तीब्रता पाएको छ ।”
उपल्लो खण्डमा छ किलोमिटर सडक कालोपत्रेका लागि तयार समेत भइसकेको छ । असारसम्म २५ किलोमिटर सडकमा आधा सडक कालोपत्रे गरिसक्ने योजना रहेको लोकमार्ग आयोजना कार्यालयका प्रमुख मेघराज मरासिनीले बताउनुभयो । अहिले सदरमुकाम खण्ड र बिहुँ खण्डको दुबै क्रसरले धमाधम कच्चा सामग्री उत्पादन गरिरहेका छन् भने केही कच्चा सामग्री ओढारचौरबाट ल्याइएको छ ।
बागलुङ खण्डमा १४२ किलोमिटर सडकमध्ये दुर्गममा कालोपत्रे भइसकेको छ भने सुगममा बाँकी छ । अहिले जम्मा ४६ किलोमिटर मात्रै सडक कालोपत्रे गर्न बाँकी छ । बागलुङ बजारदेखि अछेतेसम्मको आठ किलोमिटर र बिहुँ घोडाबाँधेको नौ किलोमिटर सडक असारसम्म कालोपत्रे गर्ने आयोजनाको लक्ष्य छ । उपल्लाचौरदेखि अक्षेते–बिहुँ खण्ड २०७३ माघ १४ गते भारत÷सिद्धिसाई जेभीले १३ किलोमिटर र बिहुँ घोडाबाधे खण्ड २०७२ माघ १० गते एमपी÷एससिएफ÷इसिसी जेभीले १२ किलोमिटर सडक दुई वर्षमा सडक कालोपत्रे गर्ने ठेक्का सम्झौता गरिएको थियो । (उपहार खबर बाट सभार)

Sana Kishan

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.